गृहपृष्ठ Featured श्री गणेश मन्दिर बाणगंगा ८ लौगाईको बार्षिक उत्सव सम्पन्न

श्री गणेश मन्दिर बाणगंगा ८ लौगाईको बार्षिक उत्सव सम्पन्न

प्रकाशित मिति:

हरि घिमिरे ,भदै १७
श्री गणेश मन्दिर बाणगंगा ८ लौगाईको बार्षिक उत्सव भव्यताका साथ आईतवार सम्पन्न भएको छ । लौगाईमा मिती २०७५ साल असोज ३० गते श्री गणेश मन्दिर स्थापना भएको थियो ।

स्थापना कालको पहिलो बार्षिक उत्सव मन्दिर व्यवस्थापन समितीले मंगल चतुर्थि तथा महिला दिदि वहिनीहरुको महान पर्व हरितालिका तिज र ऋषि पञ्चमिको अवसर पारेर लौगाई गणेश मन्दिरमा मनाएको हो ।

बार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथी प्रदेश न.५का प्रदेश सभा सदस्य रामजि घिमिरेले बोल्दै मंगल चतुर्थि तथा ऋषी पन्चमिको पवित्र अवसरमा गणेश भगवानको दर्शन र्गन पाउँदा आफु अत्यन्तै खुशि भएको बताए । उनले वडा न. ८का लौगाई वासिहरुको यो साहस सक्रियता लाई कदर गर्दै यस्ता उत्कृष्ट कार्य समाज तथा देश रुपान्तरणको लागि एक उदाहरण नै सावित भएको जिकीर गरे ।

केहि बर्ष पहिलाको धर्म सस्कृतिको अवस्था र अहिले लोकतन्त्र पछिको अवस्था हेर्दा धर्म सस्कृति पनि विकासोन्मुख हुँदै गएको प्रस्टाए । घिमिरेले कपिलवस्तु र अर्घाखाँचीको विकास लाई एकै नजरले हेरेको बताउँदै जन्मघर अर्घाखाँची लगायत अन्य स्थान भएका र कर्म घर कपिलवस्तु बनाउनु भएका सम्पुर्ण लाई आफन्नो जन्म गाँउठाँउ कहिल्यौ नर्बिसीन आग्रह गरे ।

त्यस्तै बाणगंगा नगरपालिका वडा न. ८का वडा अध्यक्ष गुणनिधी भुषालले धार्मिक अनुष्ठान लाई परम्परागत र संस्कृत झल्काउनको लागि आफ्नो वडा नगरमै उत्कृष्ट बनाउन आफ्नो सम्पुण समय यि र यस्तै कार्यमा खर्चिने बताए । बाणगंगा नगरपालिका वडा न.८ नगरकै ठुलो र धेरै जनसंख्या भएको वडा हुँदा यहाँ अवसरै अवसर भएकाले विकासले तिव्रता पाएको उनले बताए ।

कार्यक्रममा विभिन्न प्रतिष्ठीत व्यक्ति हरुको आतिथ्यता रहेको थियो । मन्दिर व्यवस्थापन समितीका कोषध्यक्ष सुर्य प्रसाद भण्डारिले आर्थिक प्रतीवेदन प्रस्तुत गरेका थिए । मन्दिर व्यवस्थापन समितीका बरिष्ट उपाध्यक्ष थानेश्वर शर्माको स्वगत तथा सचिव बिष्णु प्रसाद खरेलको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २०० भन्दा बढिको उपस्थीति रहेको थियो ।

सम्बन्धित् समाचार