गृहपृष्ठ Featured कपिलवस्तुमा बालविवाह अन्त्यको लागि सामुहिक प्रतिवद्धता

कपिलवस्तुमा बालविवाह अन्त्यको लागि सामुहिक प्रतिवद्धता

प्रकाशित मिति:

जिल्लामा वालविवाहका घटनाहरु नरोकिएपछि सरकोरवालाले जिल्लाका सरोकारवालाहरुलाई भेला नै गरेर वालविवाह रोक्ने प्रतिवद्धता जनाएका छन् ।  जिल्लाका स्थानीय तहमा प्रमुख , उप प्रमुख तथा  वालअधिकारको क्षेत्रमा सरोकार राख्ने प्रतिनिधीहरुले बालविवाह रोक्न सामुहिक प्रतिबद्धता जनाएका छन्  ।

सेभ द चिल्ड्रेन, कालिका, सनसाईन र लिडो नेपालको सहयोग तथा जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजनामा तौहिलवामा सम्पन्न बाल विवाह अन्त्यका लागि जिल्लास्तरीय वृहत भेलाका सहभागीले सो प्रतिबद्धता जनाएका हुन्  ।  २ दिन सम्म चलेको भेलाले वालअधिार र वालविवाह रोक्नको लागी  घोषणापत्र तयार पारी पारित  समेत गरेका छन्  ।

घोषणापत्रमा बालबालिका आफैले बाल विवाह रोक्ने अभियान लगायत  १० वटा प्रतिबद्धता रहेको छन् भने सरोकारवालाले पूरा गर्नु पर्ने १९ बुदें माग समेत समावेस गरिएको छ । बालबालिकाले बाल अधिकार प्रबद्र्धन, बाल विवाहविरुद्ध शुन्य सहनशिलता, आफैबाट बालविवाह अन्त्य, सचेतना र असर बारे जानकारी गराउने, क्रियाकलापको निगरानी, सूचना प्रवाह तथा स्थानीयस्तरमा सहकार्य गर्ने लगायतका प्रतिबद्धता गरेका छन् ।

वालवालिकाहरुले स्थानीय तह संग गोपनियताको सम्मान, शिक्षाको सुनिश्चितता, बालविवाह प्रभावितलाई तत्कालै कानूनी उपचार र संरक्षणको व्यवस्था, स्थानीय तहमा प्रयाप्त बजेट बिनीयोजन लगायतका मागहरु राखिएको वालसंजालकी मुना गिरीले बताइन् ।

बालविवाहसंगै दाइजो प्रथा बारे सचेतना प्रवाह गरी कारवाहीमा कडाई गर्न आवश्यक रहेको प्रहरी निरिक्षक बेचन यादवले बताए । सेभका क्षेत्रीय प्रमुख राजेन्द्र ताम्राकारले सिप र ज्ञानका अभावले हुने बालविवाह रोक्न स्थानीय तहमै योजना बन्न आवश्यक रहेको बताए ।आफनो स्थानीय तहलाई बालमैत्री बनाउने गरी योजना अघि बढाइएको मायादेवी गाँउपालिका प्रमुख बजरंगी प्रसाद कुर्मी, बिजयनगर गाँउपालिका प्रमुख गोपाल थापा र बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले प्रतिवद्धता जनाए ।

 बुद्धभूमी नगरपालिकाले भने भाद्र १० गते वालविवाह मुत्त नगर घोषणा गरेको र त्यसलाई व्यवाहारमा कार्यान्यन गर्ने नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । जिल्लामा यो अभियानले वलविवाहका समस्या समाधान हुने विश्वास लिएको जिल्ला समन्यव समितिका प्रमुख नारायण प्रसाद खनालले बताए ।

 तराइको जिल्ला परम्परा र अशिक्षाको कारण वालविवाह हुने गरेकोमा विभिन्न संस्थाहरुको समन्वयमा निरन्तर यस्ता अधियान चलाइएको लिडो नेपालकी कार्यक्रम संयोजक सुनिता वेल्वासेले बताइन् ।

सम्बन्धित् समाचार