गृहपृष्ठ Featured मानव वेचबिखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवस कन्चनमा पनि मनाईयो

मानव वेचबिखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवस कन्चनमा पनि मनाईयो

प्रकाशित मिति:

२० भदौ , कञ्चन ।“सरकारको प्रतिबद्धता, मानव बेचबिखन तथा ओसारपसार विरुद्ध हामि सबैको एक्यवद्धता“ भनाइका साथ मानव वेचबिखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवस कन्चन गाउँपालिकामा पनि मनाइएको छ । सुनगाभा सामुदायिक विकास केन्द्र कन्चनको आयोजना, युनाईटेड मिसन टु नेपाल बुटवल रुपन्देहीको सहयोग तथा कन्चन गाउँपालिकाको कार्यलय र गैडहवा गाउँपालिका रुपन्देहीको समन्वयमा कन्चन र गैडहवाका सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गरिएको हो।

कन्चन गाउँपालिकाका उपाध्यक्ष गोमा तरामु मगरको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा कन्चन गाउँपालिकाका , गैडहवा गाउँपालिका वडा न ८ र ९ का जनप्रतिनिधिहरु ,आमासमुह,महिला समुह  किशोर किशोरी समुह, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियोे । सिड्स परियोजनाका कार्यक्रम संयोजक जितेन्द्र चौधरीले कार्यक्रमको र संस्थाले गर्दै आएको कामको प्रकाश पारेसङै शुरु भएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तरामुले सबै उद्यमि बन्न सके कोहि पनि वेचबिखनमा नपर्ने बताउँदै आफू पनि सचेत भई अरुलाई पनि सचेत गराउन आग्रह गर्नुभएको छ ।

त्यस्तै उहाँले गाउँपालिकाले विभिन्न संघ(संस्था संग समन्वय गर्दै हिंसा विरुद्धका काम गरिरहेको भन्दै सुनगाभा सामुदायिक विकास केन्द्रले गरेका कामको प्रसंशा गर्नु भएको थियो । यस्तै जिल्ला समन्वय समितिका सदस्य तथा गैडहवा गाउँपालिका वडा न ८ कि सदस्य ज्ञानु बि क ले आफ्नो गाउँपालिकामा पनि पहिलाको तुलनामा हिंसाका घट्ना कम भएको बताउँदै आफुलाई परेका समस्या खुलेर नडराई व्यक्त गर्न सके मात्र न्यूनीकरण गर्न सकिने बताउनु भएको छ ।
कार्यक्रममा गैडहवा ८ का अध्यक्ष  भुवन राना, ९ का अध्यक्ष टेक बहादुर बलाल, कन्चन २ का कार्यबाहक अध्यक्ष राजेश गुरुङ, २ का सदस्य गोमा कार्की,४ कि सदस्य इन्द्रा सुनार लगायतले धारण व्यक्त गर्नुभएको थियोे । यस्तै किशोरकिशोरी  समुह कन्चनकी आरती मल्लाह, गैडहवाकी अमृता राहादी मगरले समुहमा आवद्ध भएपछि निर्धक्क भएर बोल्न सक्ने भएको, बुझेर मात्र काम गर्न थालेको, अरुलाई पनि सम्झाउन सक्ने भएको बताएका थिए ।
अन्तरक्रिया कार्यक्रमको सहजीकरण रेडियो कन्चनका  कार्यक्रम संयोजक हिमा वेल्वासेले गर्नुभएको थियोे । संस्थाका अध्यक्ष प्रेम बिकको अध्यक्षता तथा संस्थाका सचिव सुमित्रा बुढाथोकीको स्वागत र  सगुन राहादिको सञ्चालन रहेको कार्यक्रम कन्चन २ बगहिको सामुदायिक हलमा कार्यक्रम सम्पन्न भएको हो ।

यसैबिच कन्चन ४ मा पनि ईलाका प्रहरी कार्यलय रुद्रपुर थकालीचोकको आयोजना र कन्चन गाउँपालिकाको सहयोगमा मानव बेचबिखन विरुद्धको दिवसमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, विद्यार्थी, आमासमुह, टोल विकास समिति लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष क्षेत्रीले गाउँपालिका भित्र कुनै पनि बहानामा हिंसा हुन नदिने र त्यस्का लागि हिंसामा पर्ने जो कोहिले पनि खुलेर नडराई भन्न आग्रह गर्नु भएको छ ।
साथै उहाँले गाउँपालिकाले समाजमा हुने हिंसात्मक गतिविधिबाट जोगिन सबै सचेत हुनुपर्ने बताउदै अहिले हिंसा धेरै कम भएको बताउनु भएको छ यस्तै अन्तरक्रिया कार्यक्रममा कन्चन ५ का अध्यक्ष कृष्ण प्रसाद अधिकारी, वडा सदस्य लक्ष्मी परियार, भैसाही माबिका प्रअ टीका गिरि, रुद्रपुर सामुदायिक वनका अध्यक्ष नाम बहादुर केसि लगायतले बोल्दै आफू र आफ्नो परिवारले के गरेको छ र त्यसबाट के कस्तो हानी नोक्सानी हुन्छ भन्ने कुरामा ख्याल गर्दै समाजमा कुनै पनि किसिमका दलाललाई प्रसय दिन नहुने बताउनु भएको थियोे ।  
कार्यक्रममा ईलाका प्रहरी कार्यलय रुद्रपुर थकाली चोकका प्रहरी प्रमुख इन्द्र प्रसाद चौधरीले मानववेचबिखन विरुद्ध प्रहरीले गरेका काम र दण्ड सजायका बारेमा प्रकाश पार्नु भएको थियोे भने रेडियो कंचनका कार्यक्रम संयोजक हिमा वेलवासेले मानव वेचबिखनका कारण, वेचबिखन हुने सम्भावित क्षेत्र, हिंसाबाट जोगिने उपायका बारेमा प्रकाश पार्नु भएको थियोे इलाका प्रहरी कार्यलयका प्रनानि रामानन्द चौधरीको संचालन रहेको कार्यक्रम रुद्रपुर सामुदायिक वनको सभाहलमा सम्पन्न भएको हो ।

स्तै उहाँले गाउँपालिकाले विभिन्न संघ(संस्था संग समन्वय गर्दै हिंसा विरुद्धका काम गरिरहेको भन्दै सुनगाभा सामुदायिक विकास केन्द्रले गरेका कामको प्रसंशा गर्नु भएको थियो । यस्तै जिल्ला समन्वय समितिका सदस्य तथा गैडहवा गाउँपालिका वडा न ८ कि सदस्य ज्ञानु बि क ले आफ्नो गाउँपालिकामा पनि पहिलाको तुलनामा हिंसाका घट्ना कम भएको बताउँदै आफुलाई परेका समस्या खुलेर नडराई व्यक्त गर्न सके मात्र न्यूनीकरण गर्न सकिने बताउनु भएको छ ।
कार्यक्रममा गैडहवा ८ का अध्यक्ष  भुवन राना, ९ का अध्यक्ष टेक बहादुर बलाल, कन्चन २ का कार्यबाहक अध्यक्ष राजेश गुरुङ, २ का सदस्य गोमा कार्की,४ कि सदस्य इन्द्रा सुनार लगायतले धारण व्यक्त गर्नुभएको थियोे । यस्तै किशोरकिशोरी  समुह कन्चनकी आरती मल्लाह, गैडहवाकी अमृता राहादी मगरले समुहमा आवद्ध भएपछि निर्धक्क भएर बोल्न सक्ने भएको, बुझेर मात्र काम गर्न थालेको, अरुलाई पनि सम्झाउन सक्ने भएको बताएका थिए ।
अन्तरक्रिया कार्यक्रमको सहजीकरण रेडियो कन्चनका  कार्यक्रम संयोजक हिमा वेल्वासेले गर्नुभएको थियोे । संस्थाका अध्यक्ष प्रेम बिकको अध्यक्षता तथा संस्थाका सचिव सुमित्रा बुढाथोकीको स्वागत र  सगुन राहादिको सञ्चालन रहेको कार्यक्रम कन्चन २ बगहिको सामुदायिक हलमा कार्यक्रम सम्पन्न भएको हो ।

यसैबिच कन्चन ४ मा पनि ईलाका प्रहरी कार्यलय रुद्रपुर थकालीचोकको आयोजना र कन्चन गाउँपालिकाको सहयोगमा मानव बेचबिखन विरुद्धको दिवसमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, विद्यार्थी, आमासमुह, टोल विकास समिति लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष क्षेत्रीले गाउँपालिका भित्र कुनै पनि बहानामा हिंसा हुन नदिने र त्यस्का लागि हिंसामा पर्ने जो कोहिले पनि खुलेर नडराई भन्न आग्रह गर्नु भएको छ ।
साथै उहाँले गाउँपालिकाले समाजमा हुने हिंसात्मक गतिविधिबाट जोगिन सबै सचेत हुनुपर्ने बताउदै अहिले हिंसा धेरै कम भएको बताउनु भएको छ यस्तै अन्तरक्रिया कार्यक्रममा कन्चन ५ का अध्यक्ष कृष्ण प्रसाद अधिकारी, वडा सदस्य लक्ष्मी परियार, भैसाही माबिका प्रअ टीका गिरि, रुद्रपुर सामुदायिक वनका अध्यक्ष नाम बहादुर केसि लगायतले बोल्दै आफू र आफ्नो परिवारले के गरेको छ र त्यसबाट के कस्तो हानी नोक्सानी हुन्छ भन्ने कुरामा ख्याल गर्दै समाजमा कुनै पनि किसिमका दलाललाई प्रसय दिन नहुने बताउनु भएको थियोे ।  
कार्यक्रममा ईलाका प्रहरी कार्यलय रुद्रपुर थकाली चोकका प्रहरी प्रमुख इन्द्र प्रसाद चौधरीले मानववेचबिखन विरुद्ध प्रहरीले गरेका काम र दण्ड सजायका बारेमा प्रकाश पार्नु भएको थियोे भने रेडियो कंचनका कार्यक्रम संयोजक हिमा वेलवासेले मानव वेचबिखनका कारण, वेचबिखन हुने सम्भावित क्षेत्र, हिंसाबाट जोगिने उपायका बारेमा प्रकाश पार्नु भएको थियोे इलाका प्रहरी कार्यलयका प्रनानि रामानन्द चौधरीको संचालन रहेको कार्यक्रम रुद्रपुर सामुदायिक वनको सभाहलमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार