गृहपृष्ठ Featured प्रदेश सरकारको कामले जनताको मन जितेन : मन्त्री पौडेल

प्रदेश सरकारको कामले जनताको मन जितेन : मन्त्री पौडेल

प्रकाशित मिति:

अराज बेल्बासे भद्रौ २० गते

प्रदेश सरकारको काम जनताको मन जित्ने गरि हुन नसकेको प्रदेश नम्बर ५ को भूमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनु भएको छ । प्रदेश ५को यो बर्ष कानुन निमार्णमा भने अन्य प्रदेशको तुलनामा सफल भएको बताउनु भयो ।

प्रदेश सरकारले यो बर्षमा ४६ बटा कानुन निमार्ण भइ सकेको र कानुनहरु समेत सर्वसम्मत रुपमा सम्पन्न भएको बताउनु भयो । प्रदेश ५ बजेट बिनियोजनमा सफत सफल रहेको बताउनु भयो । अर्घाखाँचीको शितगंगामा साना किसान कृषि सहकारी सस्था लिमिटेड द्धारा सञ्चालन भएको सहकारी लाई शितगंगामै ब्यवस्थापन गर्ने गरि शितगंगा तथा प्युठानको गौमुखी गाउपमलिकामा रहेको शाखा गौमुखीमा ब्यवस्थापन हुने गरि ब्यवस्थापन हस्तान्त्रण कार्यक्रममा संबोधन गदौ मन्त्री पौडेलले अहिले प्रदेश सरकार तथा स्थानिय र संघ सरकार समेत सहकारी सँग सहकार्य गर्दै कृषि अनुदानका काम सञ्चालन गर्न इच्छुक रहेको बताउनु भयो ।

किसानले दुख कष्ट गरेर उब्जनी गरे पनि आफ्नो उब्जनीको आफै मुल्य तोक्ने अबस्था नरहेकोल पनि बिचौलिलाले किसानको खरिद गरि गर्ने भष्टचार रोक्न अब साना किसान सहकारीेले किसानका उत्पादन खरिद गरि बजार ब्यवस्थापन गरे प्रदेश सरकार समेत सहयोग गर्न तयार रहेको बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै प्रदेस सांसद रामजी प्रसाद घिमिरेले सहकारीमा रहेका सेयर सदस्य कृषकहरु आत्म निभर हुन नसकेकोमा दुख ब्यत गर्नु भयो । कृषि क्षेत्रमै सहकारीले ऋण दिए पनि परम्परागत तरिकाले गरिएको खेतीले आर्थिक स्थीतीमा सुधार हुन नसकेको बताउनु भयो । प्रदेस सरकाले गत बर्ष ५० करोड बजेट आफ्नो क्षेत्रका ल्याउन सफल भएकोमो कृषि क्षेत्र आफ्नो प्रााथमिकतामा परेको बताउनु भयो ।

यस्तै साना किसान कृषि सहकारी सस्था लिमिटेड भलवाडका अध्यक्ष कुमार मधु बेल्बासेले बिगत लामो समय देखी शितगंगाका वडा नम्बर ३,४ र १२ मा रहेका ५ सय बढी सेयर सदस्य रहेकोमा ३८५ बढी सेयर सदस्य मात्र सितगंगामा ब्यवस्थापन भएको शाखामा हस्तान्त्रण गर्न सकेको बताउनु भयो सहकारी ऐन कानुन अनुसार जादाँ महिला मात्र हुनु पर्ने भएकोले बाकँी रहेका सेयर सदस्य भलवाडमा रहने बताउनु भयो । कार्यक्रममा भाबुक हुँदै अध्यक्ष बेल्बासेले लामो समय सम्म शितगंगा नगरपालिका र प्युठानको गौमुखीको नेत्तृत्व गँदै आज हस्तान्त्रण सम्म आउदा आफ्नै परिवार छुटेको जस्तो महसुस भएको बताउनु भयो । हिजो सम्म सम्पुर्ण कारोबार संयुत रहे पनि अब सम्पुर्ण अधिकार आफ्नौ शाखामा ल्याउन सफल हुनु भएका ब्यवस्थापकहरुलाइ शुभकामना दिनु भयो ।

सम्बन्धित् समाचार