गृहपृष्ठ Featured नव प्रभात युवा क्लव वाणगंगा ४ ठाकुरापुरको युवा एकेडेमि उद्घाटन

नव प्रभात युवा क्लव वाणगंगा ४ ठाकुरापुरको युवा एकेडेमि उद्घाटन

प्रकाशित मिति:

हरि घिमिरे , भदै २१
नव प्रभात युवा क्लव वाणगंगा ४ ठाकुरापुरले छैठाँै साधारण सभा तथा तस्रो अधिवेसनको अवसरमा युवा एकेडेमिको उद्घाटन गरेको छ । छैठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सनिवार सम्पन्न गर्दै क्लवले युवा एकेडेमिको उद्घाटन गरेको हो । खेलको क्षेत्रबाट सुरु गरेको यस युवा क्लबले पाकिङ निमार्ण प्रतिक्षालय निमार्ण, सार्वजनिक जग्गा संरक्षण लगायत काम गरेको छ । क्लवले विगत केहि समय देखि समाज परिवर्तन हुने खालका विभिन्न क्रियाकलाप गर्दै आएको सन्र्दभमा स्वास्थको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ एकेडेमिको स्थापना गरेको छ । सोहि कार्यक्रमको उद्घाटन गर्दै बाणगंगा ४ का वडा अध्यक्ष गणेश क्षेत्रिले हरेक वडा हरुमा युवाहरुको यस्तै सक्रियता भैदिए बाणगंगाले मुहार फेर्न समय नलाग्ने भन्दै अन्य नगरपालिकाका क्लवहरु लाई पनि अगाडि आउन आग्रह गरे । वडा अध्यक्ष क्षेत्रीले वडालाई समृद्ध बनाउन नगर, प्रदेश, सघं र आफनो व्यक्तिगत तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्दता जनाए ।

उक्त कार्यक्रममा वाणगंगा माविका प्रध्यानध्यापक रामप्रसाद भण्डारी, ठाकुरापुर टोलविकास साितिका अध्यक्ष कमल प्रराजुली, समाज सेवी कृष्ण प्रसाद भट्राई निरमल कुमार शाही, लगायतले कार्यक्रममा शुभकामना दिदै क्लव, समाज र विद्यालयले समन्वय गरेर अगाडी बढ्न आवश्यक रहेको बताउँदै समाजको विकासमा युवाको ठुलो भुमिका रहेको प्रष्टाएका थिए । युवाको क्षमता उपयोग गर्नका लागि स्थानिय तहले ध्यान दिनु पर्ने उनिहरुको तर्क थियो ।
मिलन चालिसेको अध्यक्ष्ता, कृष्ण प्रराजुलीको स्वागत मन्तव्यमा र पुरन चंद मल्लको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा करिब दुई सयको उपस्थीति रहेको थियो ।

सम्बन्धित् समाचार