गृहपृष्ठ Featured चिनियाँ विदेशमन्त्री वाङ यी १९ सदस्य सहित तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री वाङ यी १९ सदस्य सहित तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै

प्रकाशित मिति:

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि आज आउँदै छन् । वाङ चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीका लागि आउन लागेका हुन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङबीच सोमबार द्विपक्षीय समझदारी र सहकार्यका विषयमा छलफल हुने अधिकारीहरूले बताए । वार्तामा नेपाल–चीनबीच दुईवटा समझदारी आदानप्रदान हुनेछ । भूकम्पपछि चीनले दिएको सहयोगको समीक्षा हुनेछ ।

यस्तै तातोपानी र केरुङ नाकाका अध्यागमनको सहजता, भौतिक संरचना, टिमुरेमा बनाउने ड्राइपोर्ट, रेलमार्ग निर्माण प्रक्रियामा भइरहेको प्रगतिका विषयमा छलफल हुनेछ । चिनियाँ टोली १९ सदस्यीय हुनेछ ।


चिनियाँ परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री वाङ पाकिस्तानको इस्लामाबादमा शनिबार आयोजना हुने त्रिपक्षीय अफगानिस्तान–पाकिस्तान–चीन विदेशमन्त्रीस्तरीय वार्तामा सहभागी भएका छन् । उनी त्यहाँबाट आइतबार नेपालतर्फ आउन लागेका हुन् । अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

सम्बन्धित् समाचार