नेपाल राष्ट्र बैंकले ऋण दिने प्रक्रियामा कडाई गरेको छ । अब ऋण लिन चाहनेले अब कर कार्यालयलाई बुझाएको वित्तिय विवरण समेत पेश गर्नुपर्ने भएको छ। बैंकमा पेश गरेको विवरण र कर कार्यालयमा पेश गरेको गरेको विवरण मिलेपछि मात्र ऋण दिन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।
ऋण लिनको लागि व्यवसायीहरुले बैंकमा पेश गर्ने र कर तिर्न प्रयोग गर्ने वित्तिय विवरण फरक–फरक हुँदा कर्जाको दुरुपयोग या कर छलीको आशंकमा राष्ट्र बैंकले यस्तो कदम लिएको हो । आन्तरिक राजस्व विभागले यस्तो सूचनाको आदानप्रदानका लागि स्वचालित प्रणालीको समेत विकास गरिसकेको छ। अब ऋण लिन चाहनेको विवरण एकीकृत कर प्रणाली पोर्टलमा भर्नुपर्नेछ।
बैंक तथा वित्तियसंस्थाले आफू दर्ता रहेको कर कार्यालयबाट युजरनेम र पासवर्ड लिएर कर कार्यालयलाई ऋण सम्बन्धि व्यवहोरा आदान प्रदान गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
व्यवसायीहरुले कम कर तिर्नको लागि कर कार्यालयमा थोरै आम्दानी भएको वित्तीय विवरण बुझाउने गरेको र धेरै ऋण पाउनको लागि बैंकमा धेरै आय भएको वित्तीय विवरण पेश गर्ने गरेका थिए ।