गृहपृष्ठ Featured एक रुपैयाँमा ३ दाना स्याउ, बिक्री नभएपछि कुँडो बनाएर बस्तुलाई खुवाउँदै !

एक रुपैयाँमा ३ दाना स्याउ, बिक्री नभएपछि कुँडो बनाएर बस्तुलाई खुवाउँदै !

प्रकाशित मिति:

स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन् । उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो ।बारीमा लटरम्म स्याउ फल्छ। बजार नपाउँदा स्याउ खेर गइरहेको छ । उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन् ।यो पनि पढ्नुहोस

गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ। उनले भने, ‘बारीमा आएर किलोमा कोही किन्दैनन्। दानाकै हिसाबले बेच्छु।’लाखौं मूल्यको स्याउ खेर जाने उनले बताए । उनले भने, ‘किन्न कोही आउँदैन। बजार निकै टाढा छ। भरियालाई बोकाएर पुर्‍याउन सकिँदैन। स्याउ बस्तुभाउलाई कुँडो बनाएर खुवाउनुपरेको छ।’

सम्बन्धित् समाचार