१२ भदौ कञ्चन ।
कन्चन गाउँपालिका वडा न ३ मा लागू पदार्थ दुर्व्यसनी न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । ईलाका प्रहरी कार्र्यालय रुद्रपुरको आयोजनामा हरैया माध्यामिक विद्यालयका कक्षा १२ का विद्यार्थीसंग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कन्चन ३ का वडाध्यक्ष नगेन्द्रबहादुर लामिछानेको अध्यक्षतासंगै भएको अन्तरक्रिया कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मेघनाथ शर्मा, रेडियो कन्चनका कार्यक्रम संयोजक हिमा वेलवासे लगायतको उपस्थिति रहेको थियोे । अन्तरक्रिया कार्यक्रममा वडाध्यक्ष लामिछानेले पछिल्लो समयमा धेरै बालबालिका दुर्व्यसनिमा लागेर वा फसेर आफ्नो जीवन बर्बाद गरेको र गलत कार्यमा संलग्न हुने क्रम बढ्दै गएकाले सबैलाई सचेत हुन आग्रह गर्नुभएको छ ।
साथै उहाँले विद्यार्थीले पनि पढ्ने समयमा पढ्ने, गलत संगत नगर्ने र कहिँकतै गलत कार्य गरेको देखे वा भेटेमा प्रहरी वा अभिभावकलाई खबर गर्नुपर्ने बताउनु भएको थियोे । यस्तै रेडियो कञ्चनका कार्यक्रम संयोजक हिमा बेल्वासेले दुर्व्यसनिमा लाग्नु वा फस्नुको कारण र दुर्व्यसनि वा गलत कामले जिवनमा पर्ने असरका बारेमा बताउँदै मानिसको जीवन जस्तो बनाउन चाह्यो त्यस्तै बनाउन सकिने हुँदा सुन्दर जीवन विताउन विद्यार्थी जिवनबाटै राम्रो बाटोमा हिड्नुपर्ने बताउनु भएको थियोे ।
साथै उहाँले गलत बाटोमा वा दुर्व्यसनिमा लागिसके पछी निस्कन खोजेपनि निस्कनै मुस्किल हुने हुँदा गलत बाटोमा नजानु वेश भएको बताउदै ११र १२ मा पढ्ने विद्यार्थीले आफू पनि सचेत हुँदै आफू भन्दा स(साना भाइ बहिनीलाई सचेत गराउनु पर्ने दायित्व पनि भएको बताउनु भएको छ।
आज भएको अन्तरक्रिया कार्यक्रममा ईलाका प्रहरी कार्यलय रुद्रपुरका प्रहरी प्रमुख इन्द्र प्रसाद चौधरीले दुर्व्यसनिले समाजमा हुने घट्ना, दुर्घटनाबाट पर्ने असर, दण्ड सजाय, दुर्व्यसनिका लक्षण, न्यूनीकरणका उपायका बारेमा बताउनु भएको थियोे । अन्तरक्रिया कार्यक्रमको सहजीकरण प्रहरी नायब निरीक्षक रामानन्द चौधरी र प्रहरी हिरा बहादुर काउछाले गर्नुभएको थियो।