वैखरी अनलाइन कपिलवस्तु
नेपाली काग्रेसले दोस्रो चरणको जागरण अभियान सुरु गरेको छ । नेपाली काग्रेस कपिलवस्तु क्षेत्र नः १ क मा बाणगंगाको मधौलीबाट अभियान सुरु गरेको हो । अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलवानले काग्रेस बलियो बन्न जागरण अभियान महत्वपुर्ण रहेको बताएका छन । प्रदेश क्षेत्र क मा केन्द्रबाट खटीएका प्रतिनिधि मिलन बाबु श्रेष्ठले जागरण अभियानले काग्रेस भित्रकोे मनमुटाव हटाउन सहयोग पुग्ने बिश्वास लिदै काग्रेस निखारिएर आउनेमा बिश्वस्त रहेको बताए । जागरण कार्यक्रममा बाणगंगा नगरपालिका मेयर मगंल प्रसाद थारु, जिल्ला समन्वय समिति उपप्रमुख तारावती चौधरी, नेपाली काग्रेस जिल्ला कोषाध्यक्ष सोहरत तेली, तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष खोम बहादुर सिहं ठकुरी, क्षेत्र कका सभापति शालिकराम थारु, सचिव प्रेम पौडेल, नेपाली काग्रेस जिल्ला नेताहरु दोलकराम घिमिरे, दुर्गा केसि, बिमला गैरे, बाल कुमारी अधिकारी लगायतले यस क्षेत्रका नेता तथा कार्यकर्ता गरी ५ सय बढिको सहभागिता रहेको थियो ।









