२७ भदौ, कञ्चन ।
भैसाही माध्यमिक विद्यालय कन्चन ५ मा आज पढाइ उत्सव कार्यक्रम सम्पन्न भएको छ । ग्क्ब्क्ष्म् को आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकार शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालयको समन्वयमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ अर्थात भ्न्च्ए कार्यक्रम अन्तरगतको पढाई उत्सव कार्यक्रम गरिएको हो ।
कन्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थिको प्रमुख आतिथ्यता, कञ्चन गाउँकार्यपालिका सदस्य पुरन परियारको विशिस्ट आतिथ्यतामा पढाई उत्सव कार्यक्रम भएको थियो। पढाई उत्सव कार्यक्रममा प्रमुख अतिथी पन्थिले जुन दिन सम्म शैक्षिक सुधार र राम्रो उपलब्धि हुन सक्दैन तबसम्म कुनै कुराको औचित्य नहुने बताउँदै त्यसका लागि शिक्षक, विद्यार्थी र अभिभावकले कठोर मेहनत गर्नुपर्ने बताउनुभएको छ ।
साथै उहाँले भैसाही माबिले शैक्षिक वातावरण सुधार गर्दै गएपछि गाउँपालिका संग गरेको माग पनि पूरा हुने बताउनु भएको थियो । यस्तै गाउँकार्यपालिका सदस्या पुरन परियारले हामी आफू गर्न पनि सक्दैनौं र अरुले गरेका राम्रा कामको प्रसंशा पनि गर्दैनौं यसले गर्दा हामी कुनै क्षेत्रको काममा पुर्ण रुपमा सफलता प्राप्त गर्न नसकिरहेको बताउँदै शिक्षक, विद्यार्थी र अभिभावक सबै मिलेमा शैक्षिक गुणस्तर वृद्धि गर्न सकिने बताउनु भएको थियोे ।
विशिस्ट अतिथि समेत रहनुभएका परियारले विद्यालयको राम्रो शैक्षिक वातावरण सृजना गर्न विद्यालय व्यवस्थापन समिती र विद्यालय प्रशासन सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिनु भएको छ ।
समाजसेवी तथा रेडियो कञ्चनका कार्यक्रम संयोजक हिमा वेल्वासेले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमले गर्दा विद्यार्थीको पढाई प्रती रुचि बढेको त पक्कै नै हो शिक्षक अभिभावकले पनि आफ्नो जिम्मेवारी पुर्ण रुपमा निभाउन सक्ने हो भने यस क्षेत्रको शैक्षिक गुणस्तर वृद्धि गर्न सकिनेमा दुईमत नरहेको बताउँदै एकले अर्कोलाई दोष लगाउनु भन्दा पनि सबै सरोकारवाला निकायसँग सहकर्य गर्दै योजनाबद्ध ढंगबाट काम गर्नुपर्नेमा जोड दिनु भएको छ ।
यस्तै उहाँले समाजमा हुने वा रहेका बिकृती र विसङगतिबाट वालबालिकालाई टाढा राख्न विशेष गरि अभिभावकले आफ्ना छोराछोरीका हरेक क्रियाकलापमा निगरानी गरिरहनु पर्ने बताउनु भएको थियोे । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देविराम रेग्मीले विद्यालयको राम्रो वातावरण बनाउन सबै अभिभावकले साथ दिएमा आफू पनि सक्रिय रुपमा लागिपर्ने बताउँदै सम्बन्धित निकायलाई सहयोग गर्न आग्रह गर्नु भएको छ।
विद्यालयका प्रधानाध्यापक टीका गिरिले विद्यालयमा राष्ट्रिय प्राम्भिक कक्षा पढाइले गर्दा कक्षा १ देखि ३ का विद्यार्थीमा धेरै राम्रो परिवर्तन आएकोले पढ्ने बानिको विकास भएको , लेखन सिपमा वृद्धि भएको र अभिभावकले पनि विद्यालयप्रती र बालबालिकाप्रतिको जिम्मेवारीमा चासो देखाउन थालेको बताउनु भएको छ । यस्तै उहाँले नेपाली भाषा पढाउन र नेपाली भाषाले सिकाउन खोजेको उद्देश्य पूरा गर्नका निम्ति शिक्षकहरुलाई सहज हुने हुँदा शैक्षिक उपलब्धिमा भ्न्च्ए ले महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भएको छ ।
प्रअ गिरिले विद्यालय अझै धेरै भौतिक व्यवस्थापनमा समस्या भएकाले विद्यालयले मात्र गर्न नसकेको हुँदा सम्बन्धित निकायसँग सहयोगका लागि अनुरोध गर्नुभएको छ । साथै उहाँले भ्न्च्ए को कार्यक्रम अन्तरगतको प्राप्त २ लाख रकमले कक्षा १,२ र ३ कक्षाको व्यवस्थापन र रङ्गरोगन गर्नमा धेरै सहयोग पुगेको बताउनु भएको थियोे ।
पढाई उत्सव कार्यक्रममा विद्यालय व्यवस्थापनका समितिका पुर्व अध्यक्ष दशरथ घिमिरे, समाजसेवीको तर्फबाट नरेन्द्र उपाध्याय ,विद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य लक्ष्मी पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यस्तै भ्न्च्ए शिक्षक हुमलाल घिमिरेले भ्न्च्ए कक्षा पढाई भित्र गरिने क्रियाकलापका बारेमा बताउँदै सबैभन्दा सानो तहमै बालबालिकाले सिक्न पर्ने कुरा सिक्न सकेनन भने माथि ल्लो कक्षामा शैक्षिक गुणस्तर वृद्धि नहुने हुँदा राष्ट्रिय प्राम्भिक कक्षा पढाइले गर्दा अध्ययन( अध्यापनमा सहजता आएको, भाषिक समस्या पनि कम हुँदै गएको र कक्षा १,२ र ३ का विद्यार्थीले पढाइमा सक्रियता देखाउनुका साथै अभिभावक पनि विद्यालयमा आउन थाल्नु भएको र आफ्ना बालबालिकाको पढाईप्रति अल्लि ख्याल गर्न थाल्नु भएको बताउनु भएको छ । साथै विद्यालयमा समय समयमा साथी दौतरी शिक्षा कार्यक्रम पनि गर्दै आएकोले विद्यार्थीलाई बुझाउन पनि सजिलो भएको बताउनु भएको छ ।
पढाई उत्सव कार्यक्रममा भ्न्च्ए शिक्षक र विद्यार्थीहरुले निर्माण गरेका शब्दपत्ती, चित्रपत्ती, वाक्यप्रती चार्ट, स्वरवर्ण चार्ट, ब्यन्जन्वर्ण चार्ट, पिनव्हिल चार्ट, कागजबाट बनाइएको पंखा, शब्दखेल, फुल लगायतका शैक्षिक सामाग्री राखिएको थियो ।
त्यस्तै पढाई उत्सवका अवसरमा पठन सीप तथा लेखन सिप प्रतियोगिता पनि गरिएको थियो , जसमा कक्षा १ को अक्षर चिनारी प्रतियोगितामा सागर नेपाली प्रथम, सिर्जना थारु दितिय , कुशल बिक तृतीय कक्षा २ को पठन प्रवाह प्रतियोगितामा जियाना टमटा प्रथम, अस्मिता थारु दितिय, लेक बहादुर सिन्जाली तृतीय र कक्षा ३ श्रुति लेखन प्रतियोगितामा बिपासा दगामी प्रथम , पवित्रा सिन्जाली दितिय र कविर थारु तृतीय भएका छ्न ।
यस्तै आजै भएको नृत्य प्रतियोगितामा पृती बिकको टिम प्रथम , मनिषा थारुको टिम दितिय, रेजिना नेपाली र अपेक्षा थापाको टिम तृतीय र सुशील घर्ती मगरको टिम सान्त्वना हुन सफल भएका छन । जसको निर्णायकमा शिक्षकहरु जित बहादुर पुन, रुपा थापा र छबिलाल भुसाल रहनु भएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देविराम रेग्मीको अध्यक्षतामा भएको पढाइ उत्सव कार्यक्रम शिक्षक जित बहादुर पुनको स्वागत तथा शिक्षक भेषराज पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।
हिमालय आधारभुत विद्यालय कन्चन ४ मा आज वादविवाद कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको साप्ताहिक कार्यक्रम अन्तरगत “धन भन्दा विद्या ठूलो“ भन्ने विषयमा वादविवाद कार्यक्रम गरिएको हो । आज भएको वादविवाद प्रतियोगितामा कक्षा ७ कि जुना बुढा प्रथम , कक्षा ८ कि सृष्टि श्रीस दितिय, कक्षा ८ कै पुजा थापा तृतीय र मोनिका थारु शान्तवना भएका छ्न । जसको निर्णायकमा शिक्षकहरु जीवन पौडेल, जमुना बिक र सीता पुन राना रहनुभएको थियो । विद्यालयका प्रधानाध्यापक रबिन्द्र सुबेदिको अध्यक्षता तथा शिक्षक माया थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।