वैखरी अनलाइन
नेपाली काग्रेसले थालेको दोस्रो राष्ट्रीय जागरण अभियानका कार्यक्रमलाई तिव्रता दिएको छ । नेपाली काग्रेस कपिलवस्तु प्रदेश ५ क्षेत्र नः १ कको आयोजनामा भएको कार्यक्रममा नेपाली काग्रेसले नेपाल बिद्यार्थीसगं छलफल गरेको हो । बाणगंगा नगरपालिका वडा नः १ मा रहेको एडि होटेलमा भएको कार्यक्रममा क्षेत्र १ कका नेपाल बिद्यार्थी सघंका बिद्यार्थीहरुको सहभागिता रहेको थियो । सो अवसरमा बिद्यार्थी नेताहरुले नेबिसंघको हालको अवस्था, अपेक्षा तथा भावी योजनाका लागी सुझाव दिदै छलफलमा आआफनो धारणा राखेका थिए ।
नेबिसघं जिल्ला उपसभापति शंकरप्रसाद न्यौपाने, सचिव सरस्वति बेल्बासे, कपिलवस्तु क्षेत्र नः १ का क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेल, बिद्यार्थी नेताहरु गुरुदेव पौडेल, दिनेश क्षेत्री, प्रविण पौडेल लगायत ३० बढिको सहभागिता थियो । कार्यक्रम नेपाली काग्रेसका नेता मिलन बाबु श्रेष्ठको प्रमुख आथित्यता, नेपाली काग्रेस क्षेत्र कका सभापति शालिकराम भुसाल, सचिव प्रेम नारायण पौडेल, सदस्य कृष्ण मुरारी ज्ञवाली, महासमिति सदस्य दुर्गा सेन लगायतले आआफनो धारणा राखेका थिए ।