वैखरी अनलाइन संवाददाता
नेपाली काग्रेसका नेता तथा प्रदेश सभा सदस्य मिलन बाबु श्रेष्ठले तरुणको साथ बिना पार्टीको अस्तीत्व नभएको बताएका छन । युवाको साथका कारण पार्टी यहाँसम्म आइ पुगेको बताउदै पार्टीका अहिलेका केन्द्रीय नेता पनि युुवाको अवस्थामा जेलनेल खादै पार्टीको अस्तीत्व बचाएको स्मरण गराएका थिए । प्रभावशाली नेताका रुपमा समेत परिचित श्रेष्ठले पार्टीको दोस्रो जागरणपछि पार्टीमा नया उर्जा उत्पन्न हुने बिश्वास लिएका छन । नेपाली काग्रेस कपिलवस्तु क्षेत्र नः १ कद्धारा आयोजित तरुण दलका नेता कार्यकर्तासगं भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन । कार्यक्रममा क्षेत्र १ कका सभापति शालिकराम थारु, सचिव प्रेम नारायण पौडेल, सदस्य कृष्ण मुरारी ज्ञवाली, भगवानदास चौधरी, तरुण दल जिल्ला सभापति खोम बहादुर सिहं ठकुरी(शतिm), महासमिति सदस्य दुर्गा सेन लगायत ६० बढि तरुण युवाहरुको सहभागिता रहेको क्षेत्र १ कका सचिव चन्द्रकान्त पोखरेलले जानकारी दिए ।
तरुण बिना पार्टीको अस्तीत्व छैन ः श्रेष्ठ


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैटोप बहादुरको पक्षमा पनि हस्ताक्षर सङ्कलन
६ घण्टा अघि
बाणगंगा नगरपालिकाको कुल बजेट खर्च ८२.९१ प्रतिशत
८ घण्टा अघि
लुम्बिनी सरकारको बजेट खर्च ७२ प्रतिशत मात्र
९ घण्टा अघि