गृहपृष्ठ Featured बाणगंगा नगरपालिका वडा नं ८ का लक्ष्य कार्यक्रमहरु के कसरि भैरहेका छन

बाणगंगा नगरपालिका वडा नं ८ का लक्ष्य कार्यक्रमहरु के कसरि भैरहेका छन

प्रकाशित मिति:

हरि घिमिरे ,भदै २८
बाणगंगा नगरपालिका वडा न . ८ नगरपालिका बन्न भन्दा पहिले र नगरपालिका बनेपछि को अबस्था हर्दा धेरै परिवर्तन भएको देख्न सकिन्छ । बाणगंगा वडा न. ८ साबिकको मोतिपुर गाबिस मध्येका ४,५,६,७,८,९ गरि ६वटा वडा मिलेर बनेको हो । वडा न. ८ नगरपलिका भित्रकै सबै भन्दा ठुलो वडा भनेर पनि चिन्ने गरिएको छ । तिन हजार घरधुरि भएको वडा न. ८मा करिब अठार हजार जनसंख्या र सात हजार मतदाता रहेका छन । पहिले गाविस र वडाहरुमा विकासका लागि आउने बजेट लगाएतका न्युन श्र्रोतहरु भन्दा अहिले नगरपालिका भए लगतै आउने श्र्रोतहरु सयै गुना बृद्धीभएर आउने गरेका छन ।

त्यस्तै पहिले पहिले तिनै न्युन श्र्रोतहरुको लागि पनि जिल्ला देखि केन्द्र सम्म कयै दुःख पाएर धाउनु पर्ने बाध्यता थियो तर अहिले तिनै सबै बाध्यताहरु टरेर गएका छन । त्यस्तै वडाबाट ३८ प्रकारका सिफारिस बन्नुका साथै अंग्रेजि कागज पत्र नोटरि लगाएतका कामहरु सबै वडालेनै गर्दै आईरहेको छ । विकासका योजनाहरुको लागि केन्द्र ,प्रदेश, नगर र स्थानिय गैर सहकारि संस्थाहरुले नजिकबाट हेरेका छन । उक्त विकासकका योजनाहरु मध्य लक्षित वर्ग कार्यक्रम अन्र्तरगत महिला ,जेष्ठ नागरिक ,बालबालिका ,जनजाति ,अपाङगता ,दलित लगाएतका वर्गहरु लाई सिप विकास , सशक्तिकरण ,आयआर्जन हरुमा समावेस गरिएको छ ।

त्यसैगरि दुई वर्षको अन्तरालमा वडाको कुना कुना सडक संजालले जोडिको छ भने ७.१ कि मी सडक पुर्णरुपमा कालोपत्रे हुनुका साथै १५ किलोमिटर सडक विस्तार र स्तर उन्नति भैसकेको छ । त्यस्तै सिंचाईका क्षेत्रमा हेर्दा पनि ४ वटा डिप बोरिङ जडानका साथै २२ मिटर कुलो पक्कि भएको वडा अध्यक्ष गुणनिधी भुषालले बताएब । वडाका दिर्घकालिन योजना हरुलाई सरसरति नियाल्दा आ.ब २०७५¬–०७६ मा मधुवन धामको गुरुयोजना तयार, प्रदेश स्तरिय मायादेवी रंगसालाको डिपीआर तयार भैरहेको छ । वडा न. ८का प्रमुख स्थलहरु बोडगाँउ पोखरि ,लैगाई गणेश मन्दीर ,मधुबन पोखरि ,मालीका पार्क बन्डैलि ,वडा स्तरिय बाल उद्यान ढोडेकोल लगाएतका कतिपय स्थानहरुमा काम सकिसकेको र केहि सस्थानमा निर्माणका काम भैरहेका छन । नगपालिका भित्रकै सबैभन्दा ठुलो खानेपानी आयोजनाको पनि तिव्र रुपमा काम भएको छ । वडाको पन्च वर्षिय योजना अन्तर्रगतको भित्र रहेको मोर्मि ,जिनुवा ,सडक विस्तर र कोईलि नदिमा पुल निर्माणका लागि डिपीआर सम्पन्न भैसकेको र वडा नं ८ लाई दुग्ध उत्पादनको व्यबसायिक पहिचान बनाउने र सहकारि परिचालन मार्फत दुग्ध उत्पादनको श्रोत वडा बनाउने वडा अध्यक्ष गुणनिधी भुषालको लक्ष्य रहेको बताउँ छन ।

सम्बन्धित् समाचार