गृहपृष्ठ Featured शुद्धोदन जन जीवन मा वि जिनुवामा बाल दिवस भव्यताका साथ सम्पन्न

शुद्धोदन जन जीवन मा वि जिनुवामा बाल दिवस भव्यताका साथ सम्पन्न

वैखरी नवराज बेल्वासे , भदौँ २९ ´´

सुनिश्चित बाल अधिकार , समृद्ध नेपालको अाधार ´´ भन्ने मुल नाराका साथ शुद्धोदन जन जीवन मा वि वाणगंगा ९ जिनुवाले बाल दिवस भव्यताका साथ मनाएको छ । विद्यालयमा बाल अधिकारको शीर्षक राखेर वकतृत्वकला अायोजना र बालबालिकालाई मिठाई वितरण गरेर बाल दिवस २०७६ सम्पन्न गरेको छ ।

Jinuwa High School

विद्यार्थीमा कक्षा ६ देखि १२ सम्मका जम्मा १४ विद्यार्थीको सहभागिता रहेको थियो । जसमा प्रथम स्थान कक्षा ८ का सरोज पाण्डे , दोस्रो स्थान लक्ष्मी राना , तेस्रो स्थान कक्षा ९ कि गिता बेल्वासे र चौथो स्थान कक्षा १२ कि धनकला थापा ले हासिँल गरेका थिए । कार्यक्रम पछि शिक्षक तिलकराम पौडेलले बाल अधिकार सम्बन्धिका कुरा माथि प्रकाश पार्नु भएको थियो ।

विद्यार्थीकी सह- प्रधान्धापक अनिता कडेलको अक्ष्यता रहेको कार्यक्रम कार्यक्रम संयोजक शिक्षक मनोज कुमार खत्री सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार