वैखरी अनलाइन संवाददाता
नेपाली काग्रेस कपिलवस्तु दोसा्रे जागरण अभियानमा लागेको छ । राष्ट्रीय जागरण अभियान अन्र्तगत नेपाली काग्रेस कपिलवस्तु क्षेत्र नः १ कका बिभिन्न क्षेत्रमा बिभिन्न भातृसगंठन छलफल तथा अन्तरक्रिया गर्दै काग्रेस अभियानमा ब्यस्त भएको हो । बाणगंगाको वडा न ः १ बैरीयामा रहेको एडी होटेलमा भुपु सैनिक सघंसगं छलफल गर्दा सघंको हालको अवस्था , भित्रि समस्या र समाधानका लागी उपाय लगायतका बिषयमा चर्चापरिचर्चा गरेका थिए । यसैबिच कपिलवस्तु बाणगंगाको वडा नः ३ गजेहडा स्थित विपि स्मृति भवनमा भएको कार्यक्रममा काग्रेसले शिक्षक सघ , ट्रेड युनियनसगं समेत छलफल तथा अन्तरक्रिया गरेको छ । सो अवसरमा टे«ड युनियन कपिलवस्तुका अध्यक्ष बालकुमारी अधिकारी पन्त, बरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद बञ्जाडे, , राम प्रसाद भण्डारी, दिलिप कार्की, झगरु थारु, कुलराज पौडेल लगायतले विभिन्न समसामहिक बिषयमा आआफनो धारणा राखेका थिए ।
आआफनो धारणा राखेका थिए । कार्यक्रममा केन्द्रीय प्रतिनिधि तथा क्षेत्र नः ३ का पदेश सभा सदस्य मिलन बाबु श्रेष्ठले पार्टीको आन्तरीक कमजोरीका कारण पार्टी हारेको आधार प्रस्तुत गर्दै गुट उपगुटलाई मौलाउन दिए फेरी राष्ट्र र काग्रेस दुवै पछि पर्ने बताएका छन । कार्यक्रममा कपिलवस्तु क्षेत्र नः १ कका सभापति शालिकराम थारु, क्षेत्रीय सचिव चन्द्रकान्त पोखरेल, सचिव प्रेम नारायण पौडेल, महासमिति सदस्य दुर्गा सेन, टेक बहादुर शाही, महाधिवेश प्रतिनिधि दुनिका भुसाल, कृर्षी महिला श्रमिक सघं की केन्द्रीय अध्यक्ष बिमला गैरे, शिक्षक महासघं कपिलवस्तुकी अध्यक्ष दिना सुबेदी कमाल , बरिष्ठ समाजसेवि दोलकराम घिमिरे, बिष्णु प्रसाद न्यौपाने रुक बहादुर भुसाल, लगायतले आआफनो धारणा राखेका थिए ।