राधाको दोस्रो गर्भ थियो पेटमा, मलाई भने उनको पेट भित्र छोरा छ या छोरी भनेर जाचँ गर्न धेरै ईच्छा थियो । पहिलो गर्भ रहदा उनको पेट भित्र छोरी रहेको डाक्टरले भनेको केहि घण्टामा नै मैले गर्भपतन गराएको थिए,कारण म चाहान्छु मेरो पहिलो सन्तान छोरो होस,मेरो कुल जोगाउने पहिलो सन्तान छोरो होस । मर्ने बेला मेरी आमाले भन्नु भयको थियो “बाबु मेरो अन्तिम ईच्छा नातिको मुख हेर्ने थियो जुन मैले पाईन तर तेरो पहिलो सन्तान चाई छोरो नै होस है ! यति गरिस भने म स्वर्ग पुग्छु नत्र मेरो प्राण नर्कमा नै रहन्छ ।” आमाले त्यसपछि सास फेर्न नै बिर्सीनु भयो अर्थात मर्नु भयो । म भित्र आमाको अन्तिम ईच्छा पुरा गर्ने दाहित्व पनि त छ, अनि नर्कमा छटपटाई रहेको आमाको आत्मा लाई स्वर्ग सम्म पुर्याउनु पर्ने कर्तव्य पनि । मलाई नारीवादीले,समाजले भूर्ण हत्यारा भनेर भित्र भित्रै सम्बोधन गरि रहेका पनि होलान । राधाको पेटमा पहिलो सन्तान छोरीलाई गर्भपतन गराउदा संसार नै देख्न नपाई आफ्नो सास छोडेकी भूर्णले पनि मलाई हत्याराको दर्जामा राख्दि हो । “हजुर लिनुस चिया” राधाको चर्को आवाजले म झस्किन्छु । सुरूप..सुरूप.. चिया पिउदै म भन्छु “राधा तिम्रो पेटमा रहेको गर्भ के छ भनेर हेर्न भोली डाक्टरकोमा जाने कि ?” राधाले एकाएक मुख बिगार्न थाल्छे । अगि सम्म जूँन जस्तै चम्किएको उसको रूप छिन भर मै औँसी लागेको जूँन जस्तो हुन्छ । “फेरी आर्को भूर्ण हत्या गर्न डाक्टरको मा जाने ” राधाको भित्री मनबाट बाहिर यस्तै आवाज गुन्जीएको जस्तो भान हुन्छ तर राधा एक शब्द बोलेकी थिईन । आँखाबाट आँशु झार्दै राधाले भन्छे “फेरी गर्भमा छोरी रहेछ भने ? पुनः हजुरले भूर्ण हत्या गर्नुहुन्छ ?” म मा राधाको प्रश्नको उत्तर दिने क्षमता थिईन । म भित्र केवल आमाको अन्तिम ईच्छा पूरा गरि दिने चाहना मात्र थियो । “भन्नु न छिटो कता हराउनु भयो ।” “हँ..अँ.. राधाको झस्काईले म बोल्न सक्दिन । राधाको आँखाबाट झर्दै गरेको आँशु पुसि दिदै भन्छु “यस पटक पक्का भगवानले हामिलाई धोका दिदैनन् तिम्रो गर्भमा छोरो छ, हाम्रो कुल छ,हामि मरेपछी दागवत्ती दिने सन्तान छ तिमि ढुक्क भौँ यस पटक मैले भूर्ण हत्याको ट्याक भिर्नु पर्दैन ।” राधाको बोली रोकिएको थिएन उसले अझ म तिर हेर्दै भन्छे “यदि यस पटक पनि छोरी नै रैछ भने ? फेरी एक्कासौँ शताब्दीमा हजुरले पन्ध्रौ शताब्दीको जस्तो कुरा किन गर्नुहुन्छ ? छोरी पनि छोरा भन्दा कम्ति छैनन् , छोरीले पनि त दागवत्ती दिन सक्छन, एक पटक आफुलाई नारी सम्झिएर त हेर्नु पेटमा हुर्किदै गरेको सन्तानलाई भूर्ण हत्या गर्दाको पीडा कति धेरै हुन्छ भनेर! रगतको खोला बग्छ,जिन्दगी नै मृत्यु सँग लड्नुपर्छ कति गाह्रो हुन्छ नारीलाई एक पटक बुझी त दिनुहोस ।” उस् लामो साँस फेर्छु राधाका प्रश्नहरूको जालोले मलाई पूरै घेरेको थियो । उसको कुनै पनि प्रश्नको उत्तर दिन चाहिन मैले, वास मलाई पहिलो सन्तान छोरो चाईन्छ भन्ने अहम छोड्नु थिएन ।
राधा रातभर छटपटाएर न निदाई रहेको मेरा आँखाले टुलु टुलु हेरि रहेका थिए । मलाई थाहा थियो उसलाई भोलीको तनाव छ अर्थात पेटमा छोरी रैछ भने फेरी आर्को भूर्ण हत्या हुनेछ । उसलाई यो पनि थाहा छ कि श्रीमानको हर ईच्छा पुरा गर्ने दाहित्व उसकी श्रीमतीको काधमा हुन्छ । तर मलाई राधाले पहिलो सन्तान छोरो जन्माई दिए उसबाट अरू कुनै अपेक्षा रहने थिएन । बाहिर जूँनले घाँम लागे बराबर उज्यालो छरि रहेकी थिईन तर यता मेरो मन भित्र भने पूरै अध्यारो छाई रहेको थियो । “मैले भोली फेरी आर्को भूर्ण हत्या गर्न नपरोस भगवान” दुबै हात जोडेर भगवान लाई सम्झिन्छु ।
राधा कतिबेला उठेर भान्सा पसिछे मैले अलिकति पनि हेक्का पाईन । रातभर मन भित्र अनेकौ कुरा खेलेर होला बिहान पख भुसुक्क निदाएछु । राधाको अनुहार अरू दिनको जस्तो थिएन । शरिरमा लगाएका लुगा पनि मिलाएर लगाएको जस्तो देखिदैन थ्यो । हिजो अस्ती यति बेला सम्म मेरो बेडमा चिया ल्याई पुर्याउने राधा आज मौन बसि रहेकी छे कता कता उसको मन भित्र डर छ । एउटि विवाहित नारीलाई आमा भन्नु जस्तो ठूलो उत्साह अरू हुनै सक्दैन म मान्छु तर मलाई राधा छोरीको होईन छोरोको आमा बनोस भन्ने चाहना राख्छु । राधा चुपचाप म भए निर आई पुग्छे । ऊ केहि बोल्दिन एकोहोरो भित्तामा राखिएको मेरो तस्वीर हेर्दै “एउटा पुरूष नारीबाट जन्मिएको हुन्छ,नारीको दुध खाएर हुर्कीएको हुन्छ अनि नारीले नै उसलाई हुर्काएकी हुन्छे र अन्तमा नारी सँग नै विवाह गर्छ फेरी उहि पुरूषले गर्वमा छोरी भएको कारण कसरी कुन मुखले भुर्ण हत्या गर्न सक्छ/सोच्न सक्छ होला..” भुत्तभुताउ छे । राधाको त्यो आक्रोश मलाई थियो । “ल हिड्नु फेरी आर्की छोरीको हत्यारा बुबा भन्न ।” राधाको एक्कासी चर्को आवाजले म झस्किन्छु ।
राधाको दोस्रो गर्भपतन पनि सफल हुन्छ, उसलाई सयौँ पिडाले शरिरमा हानेको छ मलाई एउटै मात्र पीरले उसको पेटमा किन पहिलो सन्तान छोरो भयन भन्ने । राधा बेडमा पल्टि रहेकी थिई, म पैसाको जोहो गर्न घरतिर लाग्नु पर्ने थियो । साथमा रहेको पैसा सबै सक्की सकेको थियो । “राधा म घर पुगेर आउछु है तिमि रेष्ट गर्दै गर ।” राधाको छेऊ पुगेर मैले भन्छु । राधाको आँखाबाट आँशु झरि नै रहेको थियो उसले यहि सोचि होली “तँ पापी भूर्ण हत्यारा जा सुकै जा मलाई के मतलब ।” म मटरसाईकल चडेर घरतिर लाग्छु, जब मेरा दुबै आँखा खुल्छ तब म ठूलो भुमरीमा फसेको जस्तो आवास हुन्छ , मेरा अगाडि पछाडि डाक्टर हुन्छन अनि म बेडमा पल्टि रहेको हुन्छु । मेरो टाउको भरि पट्टि बाधिएको थियो, एउटा खुट्टा कम्मर थिम बाट नै पूरै पट्टि लगाएर रसिमा झुन्डाईएको थियो ।