संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराउने भएको छ । नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाली झण्डा फहराइने भएको हो । यूएईको स्थानीय समयानुसार शुक्रबार साँझ ९०:१० ( १० बजेर ५५ मिनेट नेपाली समय) मा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवनमा पहिलो पटक फहराउन लागेको नेपाली दूतावास आबुधाबीले जनाएको छ ।
यसपालि पहिलो पटक नेपालको झण्डा फहराइने कुराले यूएईमा कार्यरत धेरै नेपाली हर्षित छन् । नेपाली झण्डा फहराइने खबर आजै मात्र थाहा पाएका धेरै नेपालीहरु झण्डा फहराइने समय बुर्ज खालिफामा पुगेर खुशी मनाउने तयारी गरेका छन् । आज शुक्रबार स्थानीय सार्वजनिक बिदा भएकोले पनि धेरै नेपाली त्यहाँ पुग्ने अनुमान गरिएको छ ।







