गृहपृष्ठ Featured जागरण अभियानका लागी काग्रेस नेता रामचन्द्र पौडेल ५ गते कपिलवस्तु आउने

जागरण अभियानका लागी काग्रेस नेता रामचन्द्र पौडेल ५ गते कपिलवस्तु आउने

प्रकाशित मिति:

नेपाली कागे्रसको दोस्रो जागरण अभियानलाई निरन्तरता दिइएको छ । सो अनुसार यही असोज ५ गते नेपाली कागे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल कपिलवस्तु आउने भएका छन् । जिल्ला स्तरिय कार्यकर्ताहरुको भेलाको सम्वोधन गर्न पौडेल कपिलवस्तु आउने नेपाली कागे्रसका जिल्ला सभापति सुरेन्द्रराज आर्चायले जानकारी दिए ।

सभा तौलिहवा स्थित पार्टी कार्यालय परिसरमा हुने बताइएको छ । जागरण अन्र्तरगत क्षेत्र नं २ को ख मा पर्ने तौलिहवामा सभा सम्पन्न गरिएको छ । सभामा प्रमुख अतिथीको रुपमा वोल्दै नेपाली कागे्रंसका नेता तथा पुर्व मन्त्री दिप कुमार उपाध्यायाले ने क पा प्रति जनता आजित भएकोले कागे्रंस प्रति जनलहर बढेको बताए । साथै कार्यकर्ताहरुलाई गाउं गउंमा गएर जनताका काम गर्न आग्रह गरे स्थानीय गाउं तथा वडामा जनताका समस्या समाधान गरेमा कागे्रस आफैमा वलियो हुने बताए । सो अवसरमा वोल्दै केन्द्रिय प्रतिनिधी विष्णु कार्कीले विधानमा अव वडा तहलाई अधिकार धैरे दिएको हुंदा गाउं तथा टोलमा समिति विस्तार गरी कागे्रसको सगठन विस्तार गर्नु पर्ने बताए त्यस्तै पुर्व पार्टी सभापति सुधाकर पाण्डेयले वर्तमान नेकपाको सरकार अधिनायकवाद तर्फ लागेको हुदां सो विरुद्ध आम नागरिकले खवरदारी गर्ने बेला आएको बताए ।

कार्यक्रममा जिल्ला सचिव महेन्द्र पाठक, सह सचिव विरेन्द्र शुक्ला, कोषाध्यक्ष सोहरत तेली, क्षेत्रिय सभापति केशव कुमार श्रेष्ठ, कपिलवस्तु जिल्ला सदस्य माधव पराजुली, ओम प्रकाश गुप्ता, कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, वडा अध्यक्ष , प्रकाश गैरे लगायत बोलेका थिए । कार्यक्रम नेपाली कागे्रस प्रदेश क्षेत्र नं २ ख का सभापति एवं यशोधरा गाउंपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसै विच क्षेत्र नं १ को ख् मा पर्ने शुद्धोधन गाउंपालिकाको लवनीमा पनि सभा सम्पन्न भएको क्षेत्रिय सभापति वलिउद्धिन मुसलमानले जानकारी दिएका छन् ।

सम्बन्धित् समाचार