नेकपा कपिलवस्तुले मध्यस्थता गरी जिल्ला नेता विश्व कार्कीवाट आर्थिक रुपमा पीडितहरुलाई न्याय दिलाएको छ । गुल्मी मालिकाका तारावहादुर थापादेखि बाग्लुङ बडीगाउका पूर्ण वहादुर विक सहित १ दर्जन ब्यक्ति पीडितहरुलाई न्याय दिलाएको छ हाे । प्राप्त विवरण अनुसार एमालेका जिल्ला नेता विश्व कार्कीलाई विभिन्न रोजगारी दिलाउने गरी पीडितहरुले जनही २लाख ६० हजार देखि ४लाख ५० हजार सम्म रकम दिएका थिए । उनीहरुले कार्कीलाई दिएको भनिएको रु ४५ लाख रुपैयावाट काम पनि नभएको र रकम फिर्ता पनि नभएको भन्दै पीडितहरुले नेकपा कपिलवस्तु समक्ष न्यायकालागि निवेदन दिएका थिए । सोही निबेदनका आधारमा आर्थिक विवादमा परेका विश्व कार्कीलाई बाणगंगा नगर कमिटीको अध्यक्षवाट नेकपाले भदौ ८को निर्णयले हटाएको थियो । कार्कीलाई जिल्ला सचिवालयको जिम्मेवारीवाट ६ महिनाकालागि निलम्वन गरेको थियो ।
कार्किले १२जना ब्यक्तिहरुवाट विभिन्न कामका शिलसिलामा रकम लिएको तर काम नगरिदिएको भन्दै पीडितहरुले नेकपा कपिलवस्तु समक्ष दिएको उजुरी पछि पीडितहरुसंग जिल्ला नेतृत्वले छलफल गरेपश्चात यस्तो निर्णय लिएको थियो । नेकपा कपिलवस्तुले यथार्त लेनदेन के कति हो बुझि दिलाई दिने काममा अग्रसरता लिने समेत निर्णय गरेको थियो । तत्कालिन अवस्थामा संपर्क विहिन रहेका कार्कि पार्टीको संपर्कमा आएर पीडितहरुको रकम चुक्ता गर्ने प्रतिवद्धता जनाएपछि बीहिवार कार्कीकै निवासमा पीडितहरुलाई वोलाई नेकपा कपिलवस्तुले उनीहरुको ३८ लाख नगद फिर्ता गराएको नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले प्रेसपाटीलाई जानकारी दिनु भयो । पीडितहरुले ४५ लाख रकम कार्कीले लिएको भनेर निवेदन दिएपनि दुबैपक्षलाई राखेर छलफल गर्दा ३८ लाख विश्व कार्कीले लिएको र वाँकी ७ लाख रकम पीडितहरुलाई कार्कीसंग सम्पर्क गराउने मध्यस्त कर्ता दलालले खाएको स्पष्ट भएको हो । नेकपा जिल्ला अध्यक्ष पोख्रेलका सामु कार्की परिवारले पीडितहरुवाट विश्वले लिएको रकम फिर्ता गरेका छन्् ।
सम्पूर्ण सम्पत्ति बैक धितोमा रोक्का रहेकाले बेचविखन गरी समयमै कारोवार मिलान गर्न चकुको भन्दै पीडत र पार्टी नेताहरु समक्ष विश्वले आत्मालोचना गरेका थिए । यता कार्कीका भाई सहितका आफन्तले बैक कर्जा र अन्य ऋण लेनदेन समेत एकैसाथ सुल्झाउने गरी रकमको प्रवन्ध गरेपछि विश्व ठूलो दायित्ववाट राहतको सास फेर्ने अवस्थामा पुगेको पारिवारीक सदस्यको भनाइछ ।
साभार