लायन्स क्लव अफ कपिलवस्तुको अध्यक्ष कुमार खडका सर्वसम्मत चयन भएका छन । सस्थापक प्रथम उपाध्यक्ष रहेका खडका क्लबको तेस्रो अधिवेशनबाट अध्यक्ष पदमा चयन भएका हुन । बुटवलमा भएको कार्यक्रमकाबिच प्रथम उपाध्यक्षमा सरेन्द्र घिमिरे, द्धित्तिय उपाध्यक्षमा धातानन्द भुसाल, तृतिय उपाध्यक्षमा केशव सापकोटा, सचिवमा राम बहादुर पौडेल क्षेत्री , कोषाध्यक्षमा राम सुबागे चौधरी लगायत अन्य सदस्यमा रहेका छन । सस्थापक अध्यक्ष कृष्ण केसिले निर्वाचित पदाधिकारी बधाई ज्ञापन गर्दै उदारणीय र समाज परिर्वतन र सेवामा काम गर्न आग्रह गरेका छन ।