गृहपृष्ठ Featured संविधान दिवस मनाउँदै नगरलाई सरसफाई युक्त नगर बनाउन वडा नः २ को पहल

संविधान दिवस मनाउँदै नगरलाई सरसफाई युक्त नगर बनाउन वडा नः २ को पहल

प्रकाशित मिति:

वाणगंगा नगर पालिका वडा नम्बर २ को आयोजनामा शनिवार संविधान दिवस भव्य रुपमा मनाइएको छ । वडा नम्बर २ को वडा कार्यालयमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै एक आपसमा संविधान दिवसलाई खुसीयालीका रुपमा मनाइएको हो । सविधान दिवसका अवसरमा दिप प्रज्वलन गर्नुका साथै सरसफाई सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगप्रसाद थारुले लामो समयको संघर्षपछि देशमा राजतन्त्रको अन्त्य भई गणतान्त्रिक व्यवस्था लागू भए अनुसार संघीय ढाँचा अनुकूल हुनेगरी नेपालले २०७२ असोज ३ गते संघीय गणतान्त्रिक मुलुकको संविधान जारी गरेको उपलक्ष्यमा संविधान दिवस मनाइएको बताए । विकास भनेको सामाजिक रुपान्तरण भएकोले सुखी नेपाली समृद्ध नेपालको परिकल्पना गर्नका लागि स्थानीय तहदेखि नै सबैले आ आफ्नो स्थानबाट पहल गर्नुपर्ने प्रष्ट पारे । उनले वाणगंगा नगरपालिका वडा नम्बर २ ले २०७२ को संविधान दिवसलाई हामी नेपालीहरुले अवलम्बन गर्दै दिवसलाइृ भव्य रुपमा मनाउनका लागि तल्लीन भएकोमा वडाको सह्राहनीय कार्यलाई सबैले सहकार्य गर्न अनुरोध गरे । वाणगंगा नगरपालिका वडा नम्बर २ र वाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले आयोजना गरेको संविधान तथा राष्ट्रिय दिवसको अवसरमा सरसफाई सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सो कुरा बताएका हुन् ।

यस्तैगरी वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै २०७२ सालको संविधानलाई कार्यान्वयन गर्न सबैलाई आग्रह गरे । उनले स्थानीय तहदेखि केन्द्रसम्म नै तदारुकताका साथ लागि परेमा वीर सहिदहरुका सपना पुरा हुनेमा जोड दिए । साथै संविधान तथा राष्ट्रिय दिवसको अवसरमा सरसफाई सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरी नगरलाई नै सफा र सुन्दर बनाउन अभिमुखीकरण कार्यक्रमले विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

यस्तै वडा नम्बर २ का वालसंगठनका अध्यक्ष सम्राट घिमिरेले स्थानीय तहदेखि नै फोहोर व्यावस्थापनका लागि ध्यान दिन जरुरी रहेको बताए । उनले प्लाष्टिक जन्य पदार्थको प्रयोग कम गरेमा महामारीका रुपमा फैलने रोगहरुबाट बच्न सकिनेमा दुई मत नरहेको प्रष्ट पार्दै एक जनाले एउटा मात्रै भए पनि विरुवा रोपेमा अवश्य नगर सफा र सुन्दर हुने स्पष्ट पारे ।

पिपरा अस्पताल पिपराका सुपरिटेन्डेन्ट डा. दिपेश जैसवाल र जगतराज रेग्मीको सहजीकरण रहेको कार्यक्रममा नगर सफा र सुन्दर बनाउन विभिन्न तह र तप्काबाट सबै लागि पर्नुपर्ने विषयमा छलफल गरिएको थियो । विभिन्न प्रकारका फोहोरहरुलाई व्यावस्थापन कसरी गर्ने र प्लाष्टिक जन्य पदार्थको प्रयोग कम गरेमा विभिन्न रोग लाग्नबाट बच्न सकिने विषयमा विशेष छलफल गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षता, नगरप्रमुख मंगलप्रसाद थारुको प्रमुख आतिथ्यता रहेको थियो । पञ्च आधारभूत विद्यालयका प्रधानाध्यापक जगतराज रेग्मीको स्वागत मन्तव्य रहेको कार्यक्रममा वडा नम्बर २ का सदस्यहरु, खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु, स्थानीय, पत्रकार लगायतको आतिथ्यता रहेको कार्यक्रम वडा सचिव नरेन्द्रराज पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार