गृहपृष्ठ Featured बाणगंगाकाे बन्डौलीबाट बेवारीसे काठ बरामत

बाणगंगाकाे बन्डौलीबाट बेवारीसे काठ बरामत

प्रकाशित मिति:

बाणगंगा नगरपालिका –८ बन्डौलीमा शुक्रबार विहान २१ क्यु फिट बेवारीसे काठ फेल परेको छ । नवप्रभात समुदायिक वन उपभोक्त समितिका अध्यक्ष जगन्नाथ भण्डारी तथा समितिका पदाधिकारीहरुको गस्ती टोलीले उक्त बेवारीसे काठ फेल पारेको हो । वेवारीसे काठ समुदायिक वनको बन्डौलीमा रहेको घाटगद्दी देखि दुई सय मिटर उत्तर र स्थानीय बसिन्दा अयज थारुको घरदेखि दुई सय मिटर पश्चिम अयज थारुले चर्चेको जग्गामा बेवरिसे आवस्थमा काठ फेला परेको समितिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

उक्त गस्ती टोलीले ९ थान चौखट र ४ थान सिल्ली गरी २१ क्यु फिट वेवारीसे काठ बरामत गरी सव डिविजन कार्यलय मोतिपुर, समुदायिक वन उपभोक्त समिति र स्थानियको रोहबरमा उक्त काठको मुचुल्का उठाई नव प्रभावत समुदायिक वन तथा उपभोक्त समितिको  मातहतमा रहने गरी घाटगद्दी गरेको समुदायिक वनका अध्यक्ष जगन्नाथ भण्डारीले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार