गृहपृष्ठ Featured राष्ट्रियता बचाउन कांग्रेसको योगदान महत्वपूर्णः वरिष्ट नेता पौडेल

राष्ट्रियता बचाउन कांग्रेसको योगदान महत्वपूर्णः वरिष्ट नेता पौडेल

प्रकाशित मिति:

नेपाली कांग्रेका वरिष्ट नेता राम चन्द्र पौडेलले नेपालको राष्ट्रियता बचाउन नेपाली कांग्रेसको योगदान महत्वपूर्ण रहेको बताउनु भएको  छ ।

नेपालको सुरक्षा नेपालको राष्ट्रियताको रक्षा नेपाली कांग्रेसको २००७ सालको क्रन्तीले गरेको बरिष्ट नेता पौडेलले बताउनु भयो   । पार्टीले शुरु गरेको दोस्रो राष्ट्रिय जागरण अभियान अन्र्तगत नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलबस्तुले आयोजना गरेको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ट नेता पौडेलले सो बिचार व्यक्त गर्नु भएको हो ।

उनले सरकारले दुई तिहाईको दुरुपयोग गरेर देशलाई पछाडी धकेलेको बताउनुभयो । वरिष्ट नेता पौडेलले दुई तिहाईको तागतले देशमा ठुलो विकासको फड्को मार्ने थियो तर यो देशको समृद्धिको यात्रालाई सबल रुपमा अगाडी बढाउनु पर्ने थियो, तर देशमा न कुनै उद्योग खुल्न सकेको छ, न कुनै योजना शिलान्यास  गर्न सकेको छ, केवल हामीले बनाएको योजनाहरु उद्घाटन गरेर त्यही मञ्चबाट हामीलाई गाली गरेेर मात्र उहाहरुले ताली  पाउनु भएको बताउनुभयो ।


सोही अवसरमा बोल्दै संसाद अतहर कमालले हाम्रो नेता माथि कसैको प्रश्न उठ्यो भने हामी त्यसको प्रतिकार गर्ने बताउनु भएको छ । निर्मला हत्या काण्ड, एनसेलको कर छली बारे यो सरकार आफै मुछीएकोले केही गर्न नसकेको बताउनुभयो ।

त्यस्तै पुर्व मन्त्री दिप कुमार उपाध्यायले कांग्रेस समय सापेक्ष परिवर्तन हुनु पर्ने बताउनुभएको छ । नेता उपाध्यायले कांग्रेसमा रहेको पक्षपात अन्त्य भए मात्र पार्टी बलियो हुने बताउनुभएको छ ।

कार्यक्रम पुर्व सिंचाई राज्य मन्त्री एवम् नेपाली कांग्रेका जिल्ला सभापति सुरेन्द्रराज आचार्यको अध्यक्षतामा भएको हो ।

सम्बन्धित् समाचार