गृहपृष्ठ Featured वाणगंगाका दुई स्थानमा ‘हेलीप्याड’ निर्माण हुने

वाणगंगाका दुई स्थानमा ‘हेलीप्याड’ निर्माण हुने

प्रकाशित मिति:

कपिलवस्तु वाणगंगा नगर कार्यपालिकाको बैठक आइतबार सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा सम्पन्न बैठकले नेपाल सरकारको एक पालिका एक हेलीप्याड निर्माण गर्ने राष्ट्रिय निती अनुरुप नगरभित्र कम्तीमा २ वटा हेलीप्याड निर्माण गर्नेबारे छलफल भएको छ ।

हेलीप्याड निर्माणको लागि नगरभित्रका ४ वटा स्थानलाई नेपाली सेनाको गोरुसिंगे स्थित नारायण गणमा पत्र सहित पठाइने तयारी भएको छ ।

नगरपालिका भित्रका सिद्वार्थ  क्याम्पसको फिल्ड, वडा नम्बर ८ को बालापुर स्थित मायादेवी रंगशाला, वडा नम्बर ५ को खुटेनी स्थित मैदान र वडा नम्बर ११ को हथौसा मेला स्थललाई हेलीप्याड निर्माणको लागि छनोट गरी पठाईएको हो ।

सोही आधारमा नगरमा २ वटा हेलीप्याड निर्माण प्रकृया अघि बढाइने नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।
यस्तै बैठकले अर्को महत्वपूर्ण निणर्य गरेको छ यस्तै वर्षाको समयमा विग्रिएका नगरका सडकहरुको तत्काल मर्मत सम्भार गरिने छ । आउदै गरेका चाडपर्व अगाडीनै सम्पूर्ण सडक मर्मत गरिने बताईएको छ ।

सम्बन्धित् समाचार