गृहपृष्ठ Featured बाणगंगामा अटो-इरिक्साको मनपरि । ५ गुणा बढि भाडा असुली । नगर मौन

बाणगंगामा अटो-इरिक्साको मनपरि । ५ गुणा बढि भाडा असुली । नगर मौन

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगामा सञ्चालित अटो रिक्सा तथा इ—रिक्साले मनपरि भाडा असुली गर्ने गरेको पाइएको छ ।

रु २०/३० निर्धारित भाडा तोकीएकोमा अटो÷इरिक्साले मनपरि गर्दै ५ गुणा बढि भाडासम्म लिने गरेको पाइएको हो । बाणगंगाको वडा नः ४ स्थित हरिहरपुर जादा एक ब्यक्ति संग  अटो÷इरिक्साले रु ३० रुपैया लिनु पर्नेमा रु १५० भन्दा कमीमा नलैजाने गरेको स्थानियहरुले गुनासो गरेका छन । मनपरि भाडा असुलीपछि अटो÷इरिक्सालाई हरिहरपुर क्षेत्रमा प्रवेश निशेष समेत गरिएको छ ।

मनपरि भाडा असुलेपछि हरिहरपुरका स्थानिय समाजसेवि तथा आमा समुहले लिखित रुपमा वडा नः ४ को कार्यलय र नगरपालिकाको कार्यालयमा उजुरी दिएका छन ।

दिएको उजुरीप्रति स्थानिय वडा र नगरपालिकाले बेवास्ता गर्ने गरेको स्थानियहरुले गुनासो गरेका छन ।

मनपरि भाडाको बिरोध गर्दा अहिले आएर अटो÷इरिक्साका ब्यवसायीले हरिहरपुर क्षेत्रमा नजाने निर्णय गरेको र कोही अटो÷इरिक्सा गए ५ दिन रुट खारेज गर्नुका साथै एक हजार जरिवाना समेत समितिले तोकेकाले हाल आएर नआउने गरेको स्थानिय समाजसेवि जगं बहादुर क्षेत्रीले बताए ।

अटो÷इरिक्साले बाणगंगा भित्र २ देखि ३ किलोमिटरको लागी रु २ सय सम्म लिने गरेको बाणगंगा नगरबासीको ब्यापक जनगुनासो रहेको छ ।

अटो÷इरिक्साले चार नः जितपुरबाट गजेहडासम्म रु २५ लिदै गरेकोमा दुरीका हिसावले नजिक रहेको हरिहरपुरसम्मको लागी रु १५० लिने नियम बाणगंगा नगरपालिकालाई जानकारी गराउदा हासेर मिल्छ, ठिक छ भन्दै टार्ने गरेको स्थानियको गुनासो छ ।

बाणगंगा इ—रिक्सा समितिका अध्यक्ष केशब आर्चायले हरिहरपुरको बगैचासम्मको भित्रि बाटो पर्ने भएकोले बढि रकम लिने गरेको बताएका छन । बाणगंगा अटो रिक्सा प्रा.लि का गणेश पौडेलले हरिहरपुर जादा जे पनि हुन सक्ने सुन्न आएकाले ब्यवसायीलाई आफनो ‘रिक्स’मा जानु भनेर मात्र भनेको बताए ।

नगरपालिका र वडाले यस बिषयमा गम्भीर भएर भाडा निर्धारण गर्नुपर्ने उनको भनाई छ ।

सम्बन्धित् समाचार