गृहपृष्ठ कला/साहित्य संघर्ष जिवनको भरपर्दो पक्ष।

संघर्ष जिवनको भरपर्दो पक्ष।

संघर्ष जिवनको भरपर्दो पक्ष।
अर्पण पाण्डे

कसैको जिवनभोगाई र ईतिहास सुन्दा त लाग्छ कता कता मैले अपनाएको सोँचले मलाई नै कुपात्रको रुपमा लिन सजिलो हुन्छ। तर यही मनलाई हतारो छ, बाटो जुनसुकै भएपनि दुनियाँमा सङ्घर्ष संग कहिल्यै खेलवाड गर्न हुँदोरहेनछ। मलाई दुख भोग्न र भगवानको पाउँमा शरण पर्न कुनै अफ्ठ्यारो छैन किनकि संसारमा किताबको ज्ञानले सिद्धान्त औल्याउनु बाहेक कुनै विकल्प रोजेन तर हाम्रोमा यस्तो प्रेरणाको स्रोत छ, चाहे त्यो अमेरिकामा डाक्टर होस, चाहे त्यो मङ्गल ग्रहमा पाईला टेक्ने महापुरुष किन नहोस उनिहरु सबैलाई व्यावहारिक ज्ञानको आवश्यकता छ।

मेरो दिनचार्यहरु कसैको ईतिहास सुन्दै र नयाँ नयाँ सोचको खेति गर्दैमा वितेको छैन। सुन्छु, विचार गर्छु र फेरी त्यही ईतिहाससंग परिस्थितिको वारेमा वकालत गर्छु, आफैँ न्याधिश बनेर, तर मानव प्रजाति यति कमजोर भएको छ कि उसलाई सुखसंग बाँच्न र मर्यादा पालन गरेर झुक्न साच्चिकै अनौठो प्रयासमा हाम फाले जस्तो हुन्छ, हो मलाई पनि यो संसार खास लाग्छ, म मा पनि मानवता छ, तर यो मानवता कस्तो छ भने कसैसंग झुक्न जानेको छैन, चाहे त्यो न्यायमा होस त अन्यायमा, जिवन भोगाइको क्रममा यस्ता उत्तरचढाव भईरहन्छ। कसरी प्रतिनिधित्व गर्ने भन्नेबारे धेरै सोँचमग्न भएको देखिन्छ। प्रायजसो दिनहरु आफ्ना खुसिका लागी मरिमेटेका छन् तर उनिहरुको कुनै मुल्याङ्कन छैन।
जसरी एउटा कमिला मर्दा त्यसको वरिपरि सयौं कमिला धुरिन्छन्, अझै सरल भाषा प्रयोग गर्दा त हामीले कुनै निश्चित ठाँउमा खनेको पोखरीमा खन्दै गयो भने धेरै गहिराईमा पुग्न सकिन्छ, त्यहा तपाईको मिहिनेत धेरै छ र त त्यो गहिराईमा तपाई खुसी हुनुहुन्छ त्यसरी नै एउटा अनुभव र प्रयोगको माली बनेको अधुरो सपना जसलाई एकमनले पुरा हुन्छ भनेर भनिरहँदा अर्को मनले छोडिदे यो सपना बरु नयाँ सपनाको लागी लागिदे भनेर भन्छ त्यसैले त हाम्रा हजारौं सपना देखिदै छोडिदै गएका छन्, कहिल्यै पनि पुर्णता पाउने हैनन्।
मलाई लाग्छ कसैको जिवनभोगाई र जिम्मेवारी बहनको व्यथा सुन्दा आफ्नो पनि जिवनमा केही नयाँ सोच र जीवननिर्वाहको परिपाटी अझै शशक्त बन्नेछ त्यसैले त संघर्षपूर्ण जिवन र त्यो आवश्यकता प्रतिको मोह साच्चिकै फिल्मी शैलीमा प्रस्तुत गर्न सक्षम छौ हामी।
मैले दिनभरको संवादको चर्चा गर्न खोजेको हैन, मेरो जस्तो कारण र वाध्यता कोही पनि अल्झिनु नपरोस, जिन्दगी संग हार खान नपरोस, सबैले मनन गर्न सक्ने परिस्थितिको सिर्जना होस तव कैयौं मानव प्राणीको प्रेम र सङ्घर्षको ज्ञान मन मष्तिस्कमा बस्छ त्यसैले त भन्छु, सैद्धान्तिक ज्ञानको मोह त्यागेर व्यबहारिकतालाई औल्याउनु बुद्धिमानी हुनेछ, यसैविचमा मलाई यो कुरा जोड्न मन लाग्यो, कुरा यो हो कि
विहानवेलुका हातमुख जोर्न आफ्नो ज्यानलाई जोखिमसंग मोलेर परिवार खुसी राख्ने ज्यामी मजदुरलाई हेर्नुस, अनि त्यो हेर्नुस जसलाई तपाईं चहानुहुन्छ चिल्लो कारभित्र बस्यो बाहिर के छ कस्तो जोखिममा मजदुरले काम गरेको छ, त्यो कारभित्र बस्ने ठेकेदारलाई के थाहा, होला उसले टन्नै पढेको छ,ज्ञान छ विवेक छ तर उसलाई यो थाहा छैन कि घर वनाउने गाह्रो कसरी लगाऊने हो, कसरी काम गर्ने, कसरी ढुङ्गामाटोसंग खेल्ने त्यो थाहा छैन र भोली त्यो ठेकेदार त्यही ज्यामी मजदुरको ठाउँमा पुन्न पनि कत्तिनै वेर लाग्छ र। हो त्यसैले त सिद्धान्त त अरुले उत्पादन गरेको कुरा हो तर व्यबहार आफैले भोगेको कुरा हो, तपाई जहाँ जानुस तपाईको भोगाई त्यही काम लाग्नेछ, सम्मान हुनेछ तपाईको भोगाईको । वास्तवमा, विचार विमर्श र संघर्षपुर्ण सुझाव र सल्लाह यति दह्रो मुटु हो कि मानिसको उन्नति प्रगती त्यसैमा निर्भर छ। तपाईँ हरेक संग सल्लाह लिनुस, तपाईँ साच्चिकै अन्यायमा पर्नुभएको छ भने तपाईको भलो चहाने सारा संसार हुनेछ, कसैसंग व्याक्तिगत कलह थियो भनेपनि उ महान् सत्रु थियो भनेपनि तपाईलाई आपत पर्दा उचित सल्लाह दिने त्यही हुनेछ जो तपाईको नजरमा गुमिसकेको थियो।
मलाई थाहा छ मेरा यि वाक्यले तपाईको रातको निद्रा हराउँछ
कता कता तपाईको मनमा डर पलाएको छ होला तर कुनैपनि चिन्ताको भागिदार नबन्नुस किनकि तपाई भोलि बिहानै उठ्दा सबै ठिक हुनेछ। तपाईको सोँच के छ त्यो मेरो मनले जान्दैन तर तपाईको मनले के चाहेको छ, के भए तपाई सन्तुष्ट हुनुहुन्थ्यो होला त्यो सबै तपाईलाई थाहा छ त्यसैले पनि त्यो मनलाई नमार्नुस, कसैको प्रेरणा लिनुस, विचार गर्नुस, सल्लाह लिनुस, तर कसैलाई आफ्नो ठानेर विश्वास नगर्नुस, विश्वासको सट्टा सङ्घर्ष गर्न सिक्नुस तपाईलाई प्रेरणा मिल्नेछ।

सम्बन्धित् समाचार