गृहपृष्ठ Featured समृद्ध नेपालको नेतृत्व नेकपाबाट ः नेता शर्मा

समृद्ध नेपालको नेतृत्व नेकपाबाट ः नेता शर्मा

नेकपा केन्द्रिय सदस्य जग प्रसाद शर्माले जनताको जीवन स्तर र समाजलाई समय सापेक्ष बदल्ने कामको नेतृत्व कम्युनिष्ट पार्टीले मात्र गर्ने बताउदै वर्तमान सरकारले समृद्ध नेपालको नेतृत्व गरेको बताउनु भएको छ । कम्युनिष्ट पार्टी जनता संग संगै निरन्तर रहने स्पष्ट पादै एउटा चुनाव देखि अर्को चुनाव लडनका लागि मात्र कम्युनिष्ट पार्टीको स्थापना नभएको जिकिर गर्नु भयो । नेकपा प्रदेश नं. ५ का सचिव समेत रहनु भएका शर्माले पार्टीका सबै नेता, कार्यकर्तालाई जिम्मेवारी विहिन हुन नपर्ने स्पष्ट पार्दै पार्टीका नेता, कार्यकर्ता बीचको सुमधुर एकताबाट जनस्तरमा समृद्धि आउने तर्क गर्नु भयो ।

नेकपा कपिलवस्तुको तौलिहवामा मंगलबार सम्पन्न तेस्रो पूर्ण वैठकलाई तौलिहवामा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

बैठकले नेकपाका कपिलवस्तुका दश वटा नगर तथा गाउँ कमिटीको वैठकको तय गरेको छ । जस अनुसार कृष्णनगर नगर कमिटीको असोज ९ गते, शिवराज नगर कमिटीको असोज १० गते, बाणगंगा नगर कमिटीको असोज १० गते, शुद्धोधन गाउँ कमिटीको असोज ११ गते, मायादेवी गाउँ कमिटीको असोज १३ गते, विजयनगर गाउँ कमिटीको असोज १४ गते, यशोधरा गाउँ कमिटीको असोज १५ गते, बुद्धभूमि नगर कमिटीको असोज १६ गते, महाराजगन्ज नगर कमिटीको असोज १७ गते, कपिलवस्तु नगर कमिटीको असोज १८ गते तय गरेको नेकपा कपिलवस्तु सचिव रामचन्द्र शाह (विष्णु) ले जानकारी दिनु भयो ।

बैठकलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गिरधारीलाल न्यौपानेले विपक्ष कांग्रेसले सरकारलाई लगाएका आरोपको पुष्टी गरेर देखाउन आग्रह गर्नु भयो । नेता न्यौपानेले नेपाली कांग्रेस एजेण्डा बिहिर भएको तर्क गर्दै जनतामा भ्रम मात्र श्रृजन गर्न लागि परेको तर्क गर्नु भयो ।

त्यस्तै वैठकमा नेकपाका नेता विष्णु पंथीले सरकारले भौतिक पूर्वाधारका क्षेत्रमा ऐतिहासिक कार्य गरेको चर्चा गर्नु भयो । प्रदेश सभा सदस्य समेत रहनु भएका पंथीले कपिलवस्तु जिल्लामा हुलाकी मार्ग, आर.टि.ओ., सिमा सडक जस्ता महत्वपूर्ण भौतिक निर्माणको कार्य भएको जिकिर गर्नु भयो ।

वैठकले, विजया दशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान संचालन गर्ने, पार्टी संगठित सदस्यता नविकरण गर्ने , निर्णय गरेको नेकपाका जिल्ला कार्यालय सचिव धर्मराज भुसालले जानकारी दिनु भयो ।

डेंगु रोग नियन्त्रण कार्यमा सरकारको ध्यानार्षण गर्नुको साथै प्राकृतिक प्रकोपबाट ज्यान गुमाउने प्रति तथा विभिन्न कारणबाट मृत्यु भएका पार्टी कार्यकर्ता प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै अंग भंग भएका प्रति शिर्घ स्वास्थ्य लाभको कामना गरेको छ । वैठकले जिल्ला पार्टी कार्यालय तथा जिल्ला सचिवालयका वैठकले गरेका निर्णयहरुलाई अनुमोदन गरेको छ । जिल्ला अध्यक्ष झविलाल पोख्रेलले प्रस्तुत गर्नु भएको वार्षिक कार्ययोजना पारित गरेको छ । १३ हजार बढी संगठित सदस्य रहेको नेकपा कपिलवस्तुले ५ हजार ८ सय संगठित सदस्यको नविकरण भएको जिल्ला पार्टी कार्यालयका सदस्य डम्मर प्रसाद शर्माले जानकारी दिनु भयो ।

सम्बन्धित् समाचार