नेपाल फेब्रीक इन्डस्ट्रीजमा गएराति आगलागी भएको छ । कपिलवस्ुतको वाणगंगाा नगरपालिका वडा नं २ मा रहेको नेपाल फेब्रीक इन्डस्ट्रीजमा गय राति ११:४० तिर विद्युत सट भएर आगो लागेको थियो ।
बाणगंगा नगरपालिकाको दमकल आउन ढिला सुस्ती गरेका कारण सबै जलेर नष्ट भएको हो । कपिलवस्तु नगरपालिकाको दमकल खबर गरेको आधा घण्टामै घटनास्थल आईपुग्दा समेत बाणगंगा नगरपालिकाको दमकलले डेढ घण्टा लगाएको संचालक मनोज कुमार खत्रिले जानाकारि दिए ।
आगलागीबाट ४ करोड बढीको क्षती भएको छ । २ करोड ५० लाख बढीको स्टक सामान, ३० लाख बढीको मेसीनरी सामानका साथै भवन पूर्ण रुपमा जलेर नष्ट भएको नेपाल फेब्रीक इन्डस्ट्रीजका संचालक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
राति ११ः४० तिर लागेको आगो वाणगंगा नगरपालिकाको दमकल र कपिलवस्ुत नगरपालिकाको दमकलको सहायताले बिहान ३ बजेतिर मात्र नियन्त्रणमा आएको थियो ।
प्लास्टिक जन्य सामान भएकोले आगो नियन्त्रणमा आउन समय लागेको र सबै सामान सहित भवन जलेर पूर्ण रुपमा नष्ट भएको बताइएको छ । घटनाबारे पुर्ण जानाकारि आउन समय लाग्ने प्रहरिले जनाएको छ ।