गृहपृष्ठ Featured बाणगंगा नगरपालिकाको दमकलको ढिला सुस्तीका कारण नेपाल फेब्रीक इन्डस्ट्रीज सबै जलेर नष्ट

बाणगंगा नगरपालिकाको दमकलको ढिला सुस्तीका कारण नेपाल फेब्रीक इन्डस्ट्रीज सबै जलेर नष्ट

नेपाल फेब्रीक इन्डस्ट्रीजमा गएराति आगलागी भएको छ । कपिलवस्ुतको वाणगंगाा नगरपालिका वडा नं २ मा रहेको नेपाल फेब्रीक इन्डस्ट्रीजमा गय राति ११:४० तिर विद्युत सट भएर आगो लागेको थियो ।

बाणगंगा नगरपालिकाको दमकल आउन ढिला सुस्ती गरेका कारण सबै जलेर नष्ट भएको हो । कपिलवस्तु नगरपालिकाको दमकल खबर गरेको आधा घण्टामै घटनास्थल आईपुग्दा समेत बाणगंगा नगरपालिकाको दमकलले डेढ घण्टा लगाएको संचालक मनोज कुमार खत्रिले जानाकारि दिए ।

आगलागीबाट ४ करोड बढीको क्षती भएको छ । २ करोड ५० लाख बढीको स्टक सामान, ३० लाख बढीको मेसीनरी सामानका साथै भवन पूर्ण रुपमा जलेर नष्ट भएको नेपाल फेब्रीक इन्डस्ट्रीजका संचालक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

राति ११ः४० तिर लागेको आगो वाणगंगा नगरपालिकाको दमकल र कपिलवस्ुत नगरपालिकाको दमकलको सहायताले बिहान ३ बजेतिर मात्र नियन्त्रणमा आएको थियो ।

प्लास्टिक जन्य सामान भएकोले आगो नियन्त्रणमा आउन समय लागेको र सबै सामान सहित भवन जलेर पूर्ण रुपमा नष्ट भएको बताइएको छ । घटनाबारे पुर्ण जानाकारि आउन समय लाग्ने प्रहरिले जनाएको छ ।

सम्बन्धित् समाचार