गृहपृष्ठ अन्तरास्ट्रिय खबर चिनियाँ कम्युनिष्ट पार्टी र सत्तारूढ (नेकपा) नजिकिँदै

चिनियाँ कम्युनिष्ट पार्टी र सत्तारूढ (नेकपा) नजिकिँदै

प्रकाशित मिति:

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ आज स्वदेश  फर्किएका छन् ।

सि जिनपिङ विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको विचारात्मक छलफल’ कार्यक्रममा सहभागी भएर उनीखआज चीन फर्किएका  नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।   सोङ ताओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कूल विभाग उपप्रमुख वेदुराम भुसाल र रिजालले बिदाइ गरेका थिए । कार्यक्रममा सहभागी हुन उनीसहित चिनियाँ कम्युनिष्ट पार्टीका १४ जना नेता सहभागी  भएका थिए।
नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी सोमबार नेपाल आएका थिए।

सम्बन्धित् समाचार