गृहपृष्ठ Featured संसद सचिवालयका कर्मचारी कामबिना नै घरपायक काज बिदा लिँदै भत्ता बुझ्दै

संसद सचिवालयका कर्मचारी कामबिना नै घरपायक काज बिदा लिँदै भत्ता बुझ्दै

संसद् सचिवालयका कर्मचारीले घरपायक काज बिदा लिँदै भत्ता बुझ्दै गरेको भेटिएको छ ।

आव २०७५/७६ मा अधिकांश कर्मचारीले कि घरपायक कि दूर्गम ठाउँका लागि काज लिएर भत्ता लिएको सचिवालयको भनाइ छ ।

कान्तिपुरलाई प्राप्त तथ्यांकअनुसार ३४४ कर्मचारीले सचिवालयलाई आर्थिक भार पर्ने गरी काज लिएका छन् ।

उनीहरुको काज भ्रमणका लागि सचिवालयले अघिल्लो आर्थिक वर्षमा ५२ लाख रुपैयाँ खर्चिएको छ । यो खर्चमा काज भ्रमणका लागि उनीहरुले लिएको यातायात भत्ता जोडिएको छैन ।

नियमअनुसार अधिकृत तहसम्मका कर्मचारीले हवाई र त्यो भन्दा तलका लागि आवतजावत बस भाडा सचिवालयले नै बेहोर्छ । यो समाचार कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छिन् ।

सम्बन्धित् समाचार