गृहपृष्ठ Featured सुर्योदय युवा क्लव वरवाले गर्यो कार्यालयको उद्घाटन

सुर्योदय युवा क्लव वरवाले गर्यो कार्यालयको उद्घाटन

सुर्योदय युवा क्लव वरवाले सनिवार एक कार्यक्रमका विच आफ्नो कार्यालयको उद्घाटन गरेको छ । स्थापनाको एक र्बष भित्रै क्लवले आफ्नो कार्यालयको उद्घाटन गरेको हो । कार्यालयको उद्घाटनका प्रमुख अतिथी समेत रहेका बाणगंगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सोमनाथ अर्यालले युवाहरु विदेशमा पलायन हुनुले देशको विकासमा ठूलो धक्का लागेको बताए । सूर्योदय युवा क्लव वरवाको कार्यालय उद्घाटको अवसरमा उनले यस्तो बताएका हुन । मिहिनेत र लगाव राखेर श्रम गरेमा आफ्नै देशमा सुन फल्ने बताउँदै गाउँमै धैर्यताका साथ पसिना बगाउन भन्दैै अर्यालले युवाहरुलाई वडासँग सहकार्य गरेर अगाडी बढ्न पनि आग्रह गरे ।

यस्तै समाजसेवी व्यक्तित्व एवं तरुणदल जिल्ला सभापति शक्ति सिंह ठकुरीले तरुणदलले विगतका दिनमा दुःखी गरीबहरुको घाउमा मह्लम लगाउने गरेको र आगामी दिनमा पनि सहयोग गर्न कटिवद्ध रहेको धारणा राखेका थिए । उहाँले विभिन्न क्लव, संघ संस्था र विद्यालयहरु टेवा पुगोस् भन्ने उद्देश्यले आवश्यक पर्ने सामग्रीहरु हस्तान्तरण गरिएको बताए ।

कार्यक्रममा ने.वी. संघका क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेलले तरुणदल पार्टीमा मात्र लगाव नराखेर समाजसेवामा पनि समर्पित भएको बताए । उहाँले ने.वि. संघ र तरुणदल जस्तै अन्य युवा क्लव संघ संस्थाहरु पनि यसरी एकजुट भएर सहकार्य गरेमा अवश्य पनि समाज परिवर्तन हुने कुरामा जोडदिए ।
कार्यक्रममा समाजसेवी तथा नेपाली कंग्रेस महासमिति सदस्य दुर्गा बहादुर सेन, समाजसेवी एम माया थापा लगायतले महत्वपूर्ण भनाइहरु राखेका थिए ।

साथै नेपाल विद्यार्थी संघ र तरुणदल कपिलवस्तुले सूर्योदय युवा क्लवको कार्यालय उद्घाटको अवसरमा क्लवलाई आवश्यक पर्ने कार्यालय व्यावस्थापनका लागि महत्वपूर्ण सामग्री टेवल, कुर्सी, पंखा, लगायत धेरै खेलकूदका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ ।

सूर्योदय युवा क्लवका अध्यक्ष झविन्द्र भुसाल,सूर्योदय प्रा वि वरवाका प्रधानाध्यापक जगन्नाथ मरासिनी , अपाङग उत्थान समाजका अध्यक्ष कमल ढुङगाना, तरुणदलका जिल्ला सदस्य राजन आले, तरुण दलका क्षेत्रीय सभापति तिलक थापा, जिल्ला खेलकूद विकास समितिका उपाध्यक्ष दिनेश क्षेत्री, पत्रकार समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिती रहेको थियो । क्लवका सदस्य प्रमोद पन्थीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन हरि ढुङगानाले गरेका थिए । कार्यक्रममा करिव १०० बढीको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार