बाणगंगा नगरपालिकाका नगर प्रमुख मगंद प्रसाद थारुले युवाले हरेक क्षेत्रमा नेतृत्व लिन आवश्यक रहेको बताउदै युवाको नेतृत्वमा बिकास भए नगर अगाडी बढने बताएका छन ।
सुर्योदय सामाजिक बिकास सस्थाको प्रथम साधारण सभा तथा अधिवेशन कार्यक्रममा मेयर थारुले यस क्षेत्रको परिर्वतन र बिकासका लागी युवाको नेतृत्व हरेक क्षेत्रमा आवश्यक रहेको बताए । कपिलवस्तुको बाणगंगा नगरपालिका बुङचीमा केही समय लगत्तै सञ्चालनमा आउन लागेको श्रीपेच रिर्सोटमा भएको कार्यक्रममा वडा नः ४ का अध्यक्ष गणेश बहादुर क्षेत्रीले जिल्लाका युवाहरु एकजुट भई जिल्ला भित्रको लाग औषध दुब्र्यसनि न्युनिकरणका लागी युवाहरुको साथ र सहयोग आवश्यक रहेको बताएका छन ।
कार्यक्रममा कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष राम जि सेन, बाणगंगा नगर बजार बिकास समितिका अध्यक्ष बिष्णु थापा, दर्शन समाज कपिलवस्तुका अध्यक्ष राजेन्द्र शाह समाजसेवि झलक मल्ल, बाणगंगा वेलफेयर सोसाइटीका महासचिव बुद्धि बहादुर रोका दिनेश क्षेत्री, युुवा समाजसेवि शतिm सिहं ठकुरी, तिलक थापा, चन्द्रकान्त पोखरेल लगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रम सस्थाका अध्यक्ष सरोज कुमार सेनको अध्यक्षता , सचिव जन्जीर पुरुषको सञ्चालनमा सम्पन्न भएको थियो ।