कपिलवस्तुको बाणगंगा बुङचीमा रहेको सुर्योदय सामाजिक सस्थाले प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ । बाणगंगाको बुङचीमा केही समयपछि सञ्चालनमा आउन लागेको श्रीपेच रिर्सोटमा भएको अधिवेशनसले सरोज कुमार सेनको अध्यक्षतामा नया नेतृत्व चयन गरेको हो ।
जसको बरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, कला तथा सास्कृतिक उपाध्यक्षमा चन्द्रकान्त पोखरेल, युवा तथा खेलकुद उपाध्यक्षमा सुरज थापा, महासचिवमा राम प्रसाद बञ्जाडे, सचिवमा राजेन्द्र बहादुर बोहरा, कोषाध्यक्षमा माया थापा चयन भएका छन । त्यस्तै सदस्यहरुमा लाल बहादुर ठकुरी, गोपाल पौडेल, बिमल बस्नेत, असिम ढकाल, सावित्रि खाण, मञ्जु सुवेदी केसि, सरस्वती मल्ल, मनोज कुमार खत्री रहेका छन । सस्थाले सामाजिक क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।
सोही कार्यक्रममा
बाणगंगा नगरपालिकाका नगर प्रमुख मगंद प्रसाद थारुले युवाले हरेक क्षेत्रमा नेतृत्व लिन आवश्यक रहेको बताउदै युवाको नेतृत्वमा बिकास भए नगर अगाडी बढने बताएका छन । मेयर थारुले यस क्षेत्रको परिर्वतन र बिकासका लागी युवाको नेतृत्व हरेक क्षेत्रमा आवश्यक रहेको बताए । कपिलवस्तुको बाणगंगा नगरपालिका बुङचीमा केही समय लगत्तै सञ्चालनमा आउन लागेको श्रीपेच रिर्सोटमा भएको कार्यक्रममा वडा नः ४ का अध्यक्ष गणेश बहादुर क्षेत्रीले जिल्लाका युवाहरु एकजुट भई जिल्ला भित्रको लाग औषध दुब्र्यसनि न्युनिकरणका लागी युवाहरुको साथ र सहयोग आवश्यक रहेको बताएका छन ।
कार्यक्रममा कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष राम जि सेन, बाणगंगा नगर बजार बिकास समितिका अध्यक्ष बिष्णु थापा, दर्शन समाज कपिलवस्तुका अध्यक्ष राजेन्द्र शाह समाजसेवि झलक मल्ल, बाणगंगा वेलफेयर सोसाइटीका महासचिव बुद्धि बहादुर रोका दिनेश क्षेत्री, युुवा समाजसेवि शतिm सिहं ठकुरी, तिलक थापा, चन्द्रकान्त पोखरेल लगायतले आआफनो धारणा राखेका थिए ।
कार्यक्रम सस्थाका अध्यक्ष सरोज कुमार सेनको अध्यक्षता , सचिव जन्जीर पुरुषको सञ्चालनमा सम्पन्न भएको थियो ।