गृहपृष्ठ Featured टोल स्तरिय फुटवल प्रतियोगिता हुदैँ , मिडिया पार्टनरमा वैखरी अनलाइन

टोल स्तरिय फुटवल प्रतियोगिता हुदैँ , मिडिया पार्टनरमा वैखरी अनलाइन

प्रकाशित मिति:

प्रत्येक वर्ष साविक भलवाड वडा स्तरिय तथा नगरपालिका बनि सके पछि टोल स्तरिय फुटबल आयोजना हुने फुटबल प्रतियोगिता यस वर्ष पनि निरन्तता पाउने भएको छ ।

विजया दशमी २०७६ को अवसर युनाईटेड युथ क्लब पडरियाको आयोजनामा युवा एकता आजको आवश्यकता भने मुल नाराका साथ प्रथम टोल स्तरीय नकाउट फुटबल प्रतियोगिता २०७६ असोज १५ गते देखि २० गते सम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता मा बाणगंगा नपा ९ भलवाडका टोल भित्र का युवा क्लवले मात्र सहभागी जनाउन पाउने छन् ।

प्रतियोगिता मा प्रथम पुस्कार खसी ,दोस्रो पुस्कार बोका साथै सिल्ड , मेडल ,प्रमाण पत्र रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा वैखरी अनलाइन मिडिया पार्टनरको भुमिका रहने छ । युनाईटेड युथ क्लव पडरिया साविकको न्यु युगमा युवा क्लव र दिप ज्योति युवा क्लवलाई एकिकरण गरेको बनाइएको हो

सम्बन्धित् समाचार