गृहपृष्ठ Featured सुनगाभा सामुदायिक विकास केन्द्र रुद्रपुरको रजत जयन्ती बृक्षारोपण गरि शुरुवात

सुनगाभा सामुदायिक विकास केन्द्र रुद्रपुरको रजत जयन्ती बृक्षारोपण गरि शुरुवात

सुनगाभा सामुदायिक विकास केन्द्र रुद्रपुरको रजत जयन्ती महोत्सव शुरु भएको छ । यहि असोज १३ गते संस्था स्थापना भएको २५ वर्ष पुगेको अवसरमा गरिने बिविध कार्यक्रम अन्तरगत आज बृक्षारोपण गरि कार्यकमको शुरुवात गरिएको हो ।

कञ्चन गाउँपालिका वडा न ४ का अध्यक्ष दुर्गा सिंह क्षेत्रीको प्रमुख आतिथ्यतामा बृक्षारोपण गरिएको थियो । कार्यसमिति, सल्लाहकार र कर्मचारी लगायतको उपस्थितिमा भएको बृक्षारोपण कार्यक्रममा आप, लिची असोकका गरी ५० वटा बिरुवा रोपिएको छ ।

त्यस्तै आज नै साधरण सदस्य बिच ब्याडमिन्टन प्रतियोगिता पनि सम्पन्न भएको छ जसमा दुर्गाबहादुर थापा र प्रकाश क्षेत्री प्रथम , दुर्गाप्रसाद ढकाल र दुर्गासिंह भण्डारी द्धितिय , अंकित सिंह ठकुरी र मन्चुल सिंजाली तृतिय हुन सफल भएको सुनगाभा सामुदायिक बिकास केन्द्रका दुर्गाप्रसाद ढकालले वानकारी दिनुभएको छ ।

८ ओटा समुहको सहभागिता रहेको खेल लिग सिष्टमबाट खेलाईएको थियो। भोलि १२ गते आइतबार बिहान ८ बजेबाट अन्तर मावी वकतृत्वकला प्रतियोगिता हुने भएको छ ।

सम्बन्धित् समाचार