कपिलवस्तु , असोज , १३ / वैखरी मेडिया प्रालिद्वारा सञ्चालित वैखरी अनलाइनको समुद्घाटन समारोह सम्पन्न भएको छ । पब्लिक स्पिकर सिजन २ का बिजेता रमेश प्रसाईं तथा लोकतान्त्रिक अान्दोलनका अगुवा रमेश शर्माबाट संयुक्त रुपमा अनलाइनको अौपचारिक रुपमा शुभारम्भ भएको हो ।

एक वर्ष अघिदेखि अनलाइन क्षेत्रमा कार्यरत अनलाइनको समुद्घाटन कार्यक्रम कपिलवस्तुको बैरियामा रहेको मायादेवी रिसोर्टमा स्थानीयहरुको भव्य उपस्थितिमा सम्पन्न भएको छ ।








