गृहपृष्ठ Featured कपिलवस्तुमा ४० हजार घुससहित प्रधानाध्यापक र सहयोगी पक्राउ

कपिलवस्तुमा ४० हजार घुससहित प्रधानाध्यापक र सहयोगी पक्राउ

प्रकाशित मिति:

अख्तियारले कपिलवस्तुमा विद्यालयका प्रधानाध्यापक र कार्यालय सहयोगीलाई ४० हजार घुससहति पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शिवराज नगरपालिका ६ विशुनपुर स्थित श्री बाल ज्योति मा.वि.का प्रधानाध्यापक रविन्द्रप्रसाद मौर्य र सोही विद्यालयका कार्यालय सहयोगी रामकुमार लोनिया रहेका छन्।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले चन्द्रौटाको न्यू सिद्धार्थ होटलबाट घुस रकमसहित पक्राउ गरेको हो। पक्राउ परेका प्रधान अध्यापक मौर्यले विज्ञान शिक्षक भर्ना गर्ने उद्देश्यले सो रकम मागेको बताइएको छ।

पक्राउ परेका दुईजना उपर थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ।

सम्बन्धित् समाचार