गृहपृष्ठ Featured अधिकृत थमौती भएको बिरोधमा कपिलवस्तुकाे बुद्धभुमी नगरपालिकामा तालबन्दी

अधिकृत थमौती भएको बिरोधमा कपिलवस्तुकाे बुद्धभुमी नगरपालिकामा तालबन्दी

बुद्धभुमी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या पश्चिम रुकुम स्थित नगरपालिमा सरुवा भएको एक हप्ता नबित्दै पुनः थमौती गरिएको भन्दै बुद्धभुमी नगरपालिकाम तालाबन्दी गरिएको छ । प्रमुख प्रशाकीय अधिकृतको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरिएको हो । नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तिलक बहादुर बस्नेतले सो तालबन्दी गरेको हुन । ंघिय मामिलातथा सामान्यप्रशासनमन्त्रालयले भदै १ गते मेघनाथ पाध्यालाई रुकुमपश्चिमको मुसिकोट नगरपालिकामा सरुवा गरेको थियो । पाध्या मन्त्रालयको भदौ १२ गतेको पत्रानुसार पुन थमौती भएका हुन ।

यता बुद्धभुमी नगरपालिकामा शिवराजनगरपालिका वाट सरुवातथा रमाना लिएर गएका शेषकान्त पौडेलको सरुवाभई ८ गते नगरपालिकामा हाजिर भएकाथिए । आइतबार अर्थात १२ गते मात्र शेषकान्तपौडेललाई कार्यपालिकाको बैठक र स्वागत गरिएको थियो । सोहीदिन १२ गते सरुवाभएर गएका मेघनाथ पाध्याले मन्त्रालयवाट पत्रलिएको जानकारी पाएपछि वडा अध्यक्षले तालावन्दी गरे । वडा अध्यक्ष बस्नेतले पर्सा जिल्ला समन्वय समितिमा सरुवा गरिएका पौडेललाई बुद्धुभमी नगरपालिकामा राख्नु पर्ने माग गरे । ‘ स्वागत गरेको एक दिन पनि बित्न नपाउदै मन्त्रालयले पौडेललाइए सरुवा गर्नु आशच्र्यको बिषय हो ,’ उनले भने । पहुचको भरमा थमौती गराएकोले पाध्यालाइए अनेत्र सरुवा गरी र्पौडेललाई हाजिर गराउनु पर्ने उनले माग गरे ।

पाध्यले सरुवा भएको जानकारी पाएपछि आफु बुद्धभुमि आएको १४ महिना मात्रै भएको मन्त्रालयलाई जानकारी गराएको बताए । २ बर्ष बस्न पाउने कानुनी व्यवस्था कसरी उल्घन भयो भनेर ध्यानाकर्षण गराउन गराए पछि मनलयले आफनो थमौती गरेको उनले बताए । पाध्यले अनावश्यक किचलो गरेर तालाबन्दि गरेको बिषयमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको बताए । थमौती पत्र लिएर बिहान कार्यालय समयमा पुगेको पाध्या तालाबन्दी पछि एक छिन मात्र कार्यकक्षमा बसेर बाहिर निस्किएको एक कर्मचारीले बताए । तालाबन्दीका कारण मुखैमा आएको दशैमा समेत कर्मचारीहरुले तलब खान पाएका छैनन ।

चालु आर्थिक बर्षकालागि भदौ १२ गते मात्र नया खाता संचालन भएको थियो । पाध्या बिगत लामो सयम देखि कपिलस्तुमा प्रशासन, ईलाका प्रशासन कार्याmलय चन्द्रौटामा गरी कार्यरत छन । सरुवा बढुवा प्रकृया हो जो आउछ जान्छ त्यसमा कुनै समस्या नभएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । मन्त्रालयवाट नै १ गतेको पत्र कार्यालयमा आएको पुन थमौतीभएको भन्ने सुन्नमा आएको श्रेष्ठले बताए । तालालगाएको विषयम ाफोनमार्फत जानकारी आएको र आफु कार्यालय बाहिररहेकोले कार्यालय गएर त्यसवारे के कसो भएको हो जानकारी दिने बताए ।

सम्बन्धित् समाचार