गृहपृष्ठ Featured वाणगंगा वडा नम्बर २ का जेष्ठ नागरिकहरु सम्मानित

वाणगंगा वडा नम्बर २ का जेष्ठ नागरिकहरु सम्मानित

प्रकाशित मिति:

वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगलप्रसाद थारुले ज्येष्ठ नागरिकबाट प्राप्त हुने सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि युवा पुस्तामा परिचालन गर्नुपर्ने बताउनुभयो । अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा वाणगंगा नगरपालिका वडा नम्बर २ ले आयोजना गरेको बृद्ध बृद्धा सम्मान कार्यक्रममा उहाँले सरकारले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवमा आधारित सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरणको सिर्जना गर्दै गरेको समयमा नगर भित्र रहेका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएकोमा वडा नम्बर २ लाई धन्यवाद व्यक्त गर्नुभयो । ज्येष्ठ नागरिकहरुको मार्गदर्शनमा परिवार र समाजले सही दिशाको पहिचान अनि असल संस्कृतिको प्रवर्द्धन गर्ने बताउनुभयो ।

यस्तै वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले ज्येष्ठ नागरिकबाट प्राप्त हुने ज्ञा ज्येष्ठ नागरिकहरुको मार्गदर्शनमा परिवार र समाजले सही दिशाको पहिचान अनि असल संस्कृतिको प्रवर्द्धन गर्ने बताउनुभयो । उहाँले सरकारले ७० वर्ष पुगेका नागरिकलाई स्वास्थ्य बिमा निःशुल्क र ८४ वर्ष काटेका बृद्ध बृद्धाहरुलाई घरमै पुगेर २ पटक चेक जाँच गर्ने र औषधी दिने अभियान अन्तर्गत वाणगंगा नगरपालिकाबाट पनि त्यो कुरा लागू हुने बताउनुभयो ।

ज्ञान, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि सरकारले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवमा आधारित सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरणको सिर्जना गरेको हुँदा जेष्ठ नागरिकहरुलाई केही अप्ठ्यारा परेमा नगरपालिकाको न्यायिक परिषद्मा खबर गर्न अनुरोध गर्नुभयो ।

वाणगंगा नगरपालिका शिक्षा शाखा अधिकृत खिमबहादुर जिसीले नेपाल सरकारले बालबालिका महिला बृद्ध,बृद्धाको लगि दिएको सहयोग अनुसार वडाले दिएको सम्मानलाई स्वीकार्न आग्रह गर्नुभयो । वडाले गरेको केही सहयोगलाई दुरुपयोग नगरी सदुपयोग गरेमा अझै दीर्घ आयु हुने बताउनुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिक समाज वडा नम्बर २ का अध्यक्ष अमर बहादुर थापा, पत्रकार असोक पौडेल, बाल क्लबका अध्यक्ष सम्राट घिमिरे लगायतले जेष्ठ नागरिकहरुको सम्मानका लागि परिवारबाटै सुरु गर्नुपर्नेमा जोड दिनुभयो । अन्त खर्च गर्ने रकम जेष्ठ नागरिकहरुका लागि सर्मिर्पत गरेमा परोपकार हुने धारणा राख्नुभएको थियो ।

वाणगंगा नगरपालिका वडा नम्बर २ पिपराद्धारा आयोजित वृद्धवृद्धा सम्मान कार्यक्रममा ७० बढी जेष्ठ नागरिकहरुलाई पौष्टीक तत्व चेवनप्रास सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । जेष्ठ नागरिकहरु अरुको सहारामा बाँच्न पर्ने र पौष्टिक आहारलाई ध्यान नदिँदा रोगहरुले छिटो संक्रमण गर्ने हुनाले केही सहयोग गर्दा राहत पुग्ने हुनाले वडाले सुरुवात गरेको वडा अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षता, वडाका महिला सदस्य टिका कुमारी अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रम वडा सचिव नरेन्द्र पाेखरेलको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार