गृहपृष्ठ खबर अधिकार खोज्दा कर्तव्यलाई पनि नबिर्सिन आग्रह

अधिकार खोज्दा कर्तव्यलाई पनि नबिर्सिन आग्रह

प्रकाशित मिति:

कपिलवस्तु असोज । मानव अधिकार तथा शान्ति समाज जिल्ला कार्यसमिति कपिलवस्तु शाखाको आयोजनामा ” मंगलवार तौलिहवामा विश्व अहिम्सा दिवसको शुभ अवसर एबम अन्तरास्ट्रिय जेष्ठ नागरिक दिवसको दिन पारेर आयोजना गरेको ‘संक्रमणकालिन न्यायको तार्किक निश्कर्ष’ बिषयक अन्तरसंवाद कार्यक्रममा बोल्ने वक्ताहरुले संक्रमणकालिन न्यायलाई निश्कर्षमा पु्याउनका लागि सरकार र दलहरु चुकेको बताउँदै यसैका कारण अर्को द्वन्द्वको सूचक घण्टी बजेकाले सबै सचेत हुन आवश्यक रहेको औंल्याएका छन ।


कार्यक्रममा बोल्दै संघीय साम्सद अतर कमाल मुसलमानले संविधानमा व्यबस्था भएका मौलिक हकमा सरकार पन्छिन नहुने बताउँदै त्यस्ता मुद्धाहरु अदालतमा आएमा न्यायालयले संविधान बमोजिम निर्णय गर्नुपर्नेमा जोड दिनुभयो । न्यायालयमा राजनीतिक नियु्क्तिका कारण न्याय प्रभावित हुने टिका पिप्पणी भईरहेका बेला उहाँले न्यायधिशहरु कसैको पनि प्रभावमा नपरी काम गर्ने वातावरण हुन नसकेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

त्यस्तै नेकपा जिल्ला सेक्रेटरी गिरधारिलाल न्यौपाने संक्रमणकालिन न्यायलाई टुंगोमा पु¥याउने कुरा जटिल बिषय भएको उल्लेख गर्दै अधिकार खोज्दा कर्तव्यलाई पनि नबिर्सिन आग्रह गर्नुभयो ।सबै दलहरूको सहमति बिना यो काम टुंगोमा पुर्याउन नसकिने जिकिर गर्नुभयो सत्ताको लोभमा मनपरी बोल्नु गतल भएको टिप्पणी गर्दै उहाँले सत्तारूढ पार्टी सम्यम बन्नुपर्ने औल्याउँनु भयो। शान्ति समाजका केन्द्रिय बरिस्ठ उप सभापति गोविन्द खनाल ले मानव अधिकार, शान्ति र न्यायका पक्षमा आवाज बुलन्द गर्न जागरुक हुनुपर्ने बताउनु भयो। राष्ट्रिय मानव अधिकार कार्यलय प्रदेश ५ का सम्झना सर्मा ले राज्यले मानव अधिकारको सम्मान गर्नुपर्ने बताउनु भयो।कार्यक्रममा नेकपा जिल्ला सचीव बाबुराम खनाल , नेपाल जेसिज राष्ट्रिय कार्यकारी उपाध्यक्ष रमेश चन्द्र भुसाल, पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष डिलाराम भुसाल, राप्रपा संयुक्त जिल्ला अध्यक्ष, शान्ति समाजका केन्द्रिय अनुशासन सदस्य, राजु अर्याल लगायतले बोल्नु भएको थियो। पत्रकार, विभिन्न संघसस्थाका प्रमुख कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह उपस्थित कार्यक्रममा दुइजना जेष्ठ नागरिकको सम्मान गरिएको थियो । सस्थाका शाखा सभापति गोविन्द पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब भरत राज न्यौपानेले गरेको कार्यक्रमना स्वागत जिल्ला सदस्य माधव घिमिरेले गर्नुभएको थियो।

सम्बन्धित् समाचार