गृहपृष्ठ Featured प्रथम कञ्चन कप २०७६ को आज तेस्रो दिनस् विभिन्न चरणका खेलहरु सम्पन्न

प्रथम कञ्चन कप २०७६ को आज तेस्रो दिनस् विभिन्न चरणका खेलहरु सम्पन्न

प्रकाशित मिति:

प्रथम कञ्चन कप २०७६ को आज तेस्रो दिन विभिन्न चरणका खेलहरु सम्पन्न भएका छन। कञ्चन युवा अभियान कञ्चन रुपन्देहीको आयोजनामा सञ्चालित प्रथम कञ्चन कप भलिवल प्रतियोगिताको आज तेस्रो दिन तोलोत्तमा नगरपालिका र सत्यवती गाउँपालिकाबिच भएको पहिलो खेलमा २५(२३ , २५)१४ , २५(२२ को सोझो सेटमा सत्यवती गाउँपालिका बिजयीभई सेमिफाईनलमा पुग्न सफल भएको छ ।

दोस्रो खेलमा चापाकोट नगरपालिका र कञ्चन गाउँपालिकाबिच भएको प्रतिस्पर्धामा २५(१५ , २५(१२ , २५(२३ को साझो सेटमा चापाकोट नगरपालिका बिजयी भई सेमिफाईनलमा प्रबेश गरेको छ , यस्तै सैनामैना नगरपालिका र मध्यबिन्दु नगरपालिकाबिच भएको तेस्रो खेलमा १८(२५ , २५)२३ , २५)२१ , २५(२३ को सेटमा मध्यबिन्दु नगरपालिकाले जित निकाल्दै सेमिफाईनलमा प्रबेश गर्न सफल भएको हो । यसैबिच कालीगण्डकी नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबिच हुने भनिएको खेलमा लुम्बिनी सांस्कृतिक नगरपालिका अनुपस्थित हँुदा कालीगण्डकी नगरपालिका सेमिफाईनलमा प्रबेश गरेको हो ।

भोलि हुने सेमिफाईनल खेल अन्तर्गत पहिलो खेल चापाकोट नगरपालिका स्याङ्जा र मध्यबिन्दु नगरपालिका नवलपुर र दोस्रो खेल कञ्चन गाँउपालिका रुपन्देही र सत्यवती गाँउपालिका गुल्मिबिच हुने आयोजकले जनाएको छ ।

भलिबल प्रतियोगिताको रेफ्रीमा किसन चन्द, नवल गुरुङ, राजेश चन्द , राम बहादुर थापा, तुल बहादुर थापा, र बुद्धी बस्याल, रहनुभएको छ । भलिबल प्रतियोगिताको प्रथम पुरस्कार रु १ लाख १ हजार १ सय ११ , द्धितिय पुरस्कार ७१ हजार १ सय ११ , तृतिय पुरस्कार ४१ हजार १ सय ११ र स्वान्त्वना पुरस्कार २१ हजार १ सय ११ कप मेडल प्रमाण पत्र राखिएको छ भने खेलमा ९ टिमको सहभागीता रहेको छ । प्रदेश नं. ५ का सभासद भुमिश्वर ढकालले उद्घाटन गर्नुभएको प्रथम कन्चन कप १२ गते आइतबारबाट शुरु भएको हो ।

सम्बन्धित् समाचार