गृहपृष्ठ Featured बाणगंगा वडा न. ८को फोहोर व्यवस्थित गर्दै : अध्यक्ष भुसाल

बाणगंगा वडा न. ८को फोहोर व्यवस्थित गर्दै : अध्यक्ष भुसाल

प्रकाशित मिति:

बाणगंगा नगरपालिका वडा न. ८ मा सोमवार देखि फोहोर व्यवस्थापन कार्य सुरु भएको छ । नगरको रुपनै परिवर्तन गर्न थालेको अव्यवस्थीत फोहोरलाई संकलन गरि कुनै निश्चित स्थानमा व्यवस्थीत गर्नका लागि वडाले यो कार्यको सुरुवात गरेको हो ।

वडा न. ८मा अबका दिन देखि हरेक हप्ताको सोमवार र विहीवार बोडगाँउ लतायत ८ न. वडाका विभिन्न क्षेत्रमा जम्मा गरिएको फोहोर उठ्ने भएको छ ।

सरसफाई व्यवस्थापन गर्नका लागि गिरीराज पौडेलको अध्यक्षतामा सात सदस्यको कार्य समिती गठन भएको हो । म सफा गर्छु मेरो नगर भन्ने अभियानलाई आत्मासाथ गर्दै वडा वसिहरु तथा बजार वासिहरुले सामुहिक प्रतिबद्धता जनाएको अध्यक्ष गुणनिधी भुुसालले बताए ।

सम्बन्धित् समाचार