काठमाडौं । अचेल छन्दमा कविता लेख्ने प्रचलन ह्वात्तै बढेको छ । पछिल्ला दिनहरुमा संस्कृत छन्द शास्त्रअनुसार कविता विधामा कलम चलाउने कविहरु पनि उम्दा छन् । त्यसमाथि संस्कृत छन्द शास्त्रमा आधारित रहेर गजलहरु रचना गर्ने प्रचलन त झन् फस्टाएको छ । त्यस्ता गजलकारहरुको नाम लिदै गर्दा विवेक भण्डारीको नाम अग्रस्थानमै आउँछ ।
चन्द्रागिरि नगरपालिका वार्ड नं. १५, काठमाडौंमा बसोबास गर्ने नबोदित गजलकार विवेक भण्डारीले अंग्रजी साहित्यमा स्नातकोत्तर उत्तीर्ण गर्नु भएको छ । अनेक लघु चलचित्रका निर्देशन पनि गर्नु भएका वहाँले शार्दूलविक्रीडीत, अनुष्टुप, पञ्चचामर, शिखरिणी, मन्दाक्रान्ता, वंशस्थ, इन्द्रबज्रा जस्ता छन्दहरुमा गजल लेख्न रुचाउनु हुन्छ । वहाँका रचनामा पूर्वीय र पाश्चात्य साहित्यको योगायोग पाइन्छ ।
बहाँले रचना गर्नु भएको “भएछ पीर तालझैं” शीर्षक रहेको पञ्चचामर छन्दको गजललाई यहाँ उदाहरणको लागि समावेस गरिएको छ । यस गजलमा एम्.एम्. करीमको संगीत र पुरुषोत्तम न्यौपानेको आवाज रहेको छ ।
https://www.youtube.com/watch?v=gri-x2jQ6Bo