कपिलवस्तुमा सामाजिक कार्य र हकहितका लागी स्थापित कपिललवस्तु नागरिक समाज नामक सस्था दर्तापछि नविकरण नभएको पाइएको छ ।
२०६१ सालमा स्थापित कपिलवस्तु नागरिक समाज दर्तापछि हालसम्म नविकरण नभएको पाइएको हो । समाजमा विभिन्न कार्यमा सरिक हुदै प्रतिष्ठित सस्थाका रुपमा चिनिए पनि हाल सम्म नविकरण नहुदा नेतृत्वको जवाफदेहिता माथि प्रश्न उठेको कपिलवस्तुका सरोकारवाला बताउछन ।

हालैसम्पन्न अधिवेशनमा दर्तापछि नविकरण नभएको र तत्काल नविकरण गरी सस्थालाई सस्थागत रुपमा बिकास गरीने समेत प्रतिबद्धता जनाइएको थियो ।
सस्था बिशेष रूपमा जिल्ला भित्रका विभिन्न विवाद मिलाउने, नैतिक रुपमा सहयोग गर्ने सस्थाका रुपमा परिचित रहेता पनि सस्था स्वयम दर्ता नहुनु दुखत रहेको बाणगंगाका नेतृत्वकर्ता बताउछन ।
६१ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सक्रिय सस्था बिचमा कसैले पनि सस्था नविकरण नगरेको पाइएको छ ।







