गृहपृष्ठ Featured युनाईटेड युथ क्लवको फुटबल प्रतियोगिता सूरु , खेल माध्यमबाट युवाहरुले देशको नाम राख्न सक्छन् , बेल्वासे

युनाईटेड युथ क्लवको फुटबल प्रतियोगिता सूरु , खेल माध्यमबाट युवाहरुले देशको नाम राख्न सक्छन् , बेल्वासे

प्रकाशित मिति:

विजय दशमी २०७६ को अवसरमा “युवा एकता आजको आवश्यकता” भन्ने मुल नाराको साथ आज देखि वाणगंगा नगरपालिका ९ पडरियामा रहेको युनाईटेड युथ क्लवको आयोजनामा प्रथम टोल स्तरिय नकआटउ फुटबल प्रतियोगिताको वाणगंगा न.पा ९ का वडा अध्यक्ष धुव्र बेल्वासेको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको छ ।

उद्घाटन शत्रमा बोल्दै बेल्वासेले खेलको माध्यमबाट युवाहरुले देशको नाम विश्व सम्म चनाउन सक्छन् , खेलकै माध्यमबाट अनुशासन सिक्ने हुदाँ खेलाडीलाई अनुशासन राख्न खेलको निकै ठुलो भुमिका रहने कुरा प्रस्ट पार्नुभएको थियो ।

क्लवका अध्यक्ष चुरामणि आर्यालको अध्यक्षता रहेको कार्यक्रममा समाजसेवी , नगरकार्यपालिका सदस्य , विभिन्न बनका अध्यक्ष , पत्रकार लगायतको आथितियता रहेको कार्यक्रममा क्लवका सदस्य आश्विन कार्किको स्वागत मन्तव्य तथा सदस्य निशान खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

आज भएको पहिलो खेलमा आयोजक युनाईटेड युथ क्वल विजय भएको छ । सुर्योदय युवा क्लवलाई २–१ ले हराउदै युथ विजय भएको हो ।

यस्तै गरी प्रतियोगिताको दोस्रो दिन १६ गते दिउसो २ बजे गोल्डेन स्टार युवा क्लव भर्लावास र जिनुवा स्पोर्टस एण्ड लिङ्कन सोसाइटी बिच रहने छ भने दोस्रो खेल चन्द्र सुर्य युवा क्लव बर्दाहवा र सिदार्थ गौतम युवा क्लव चौवहा बिच हुने आयोजकले वैखरी अनलाइनलाई जानकारी दिएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार सरेपानि सामुदायिक बन पडरिया र दोस्रो पुरस्कार जनचेतना कृषिक महिला समुह (ख) ले सौजन्य गरेको छ ।

सम्बन्धित् समाचार