गृहपृष्ठ Featured चाडपर्वलाई लक्षित गर्दै सडक बत्ती उद्घाटन कन्चन गाँउपालिका वडा नंबर ४

चाडपर्वलाई लक्षित गर्दै सडक बत्ती उद्घाटन कन्चन गाँउपालिका वडा नंबर ४

प्रकाशित मिति:

थकाली टोल विकास समिति कन्चन गाँउपालिका वडा नंबर ४ ले आज शुभकामना आदानप्रदान तथा सडक बत्ती उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । टोल विकास समितिका अध्यक्ष नन्द बहादुर खड्काथोकीको अध्यक्षता, कन्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता तथा विधुत प्राधिकरण लुम्बिनिका प्रमुख खगेन्द्र बिकको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि गोकर्ण बहादुर क्षेत्रीले थकालिचोक टोल विकास समितिले टोलमा राम्रा काम गरेर उदाहरणिय काम गरेकोमा प्रसंशा गर्दै चाडपर्वका बेला सडकबत्ती राखेर रातिमा हुने जोखिम कम हुने हुँदा राम्रो कामको शुरुआत गरेको र गाउँपालिकाले पनि सहयोग गर्ने बताउनुभएको छ ।

थकालिचोक टोल विकास समितिका अध्यक्ष नन्द बहादुर खड्काथोकिले विजयादशमी, दिपावली प्रत्येक महिना २४७५ रुपैयाँ विधुत महसुल तिर्नेगरि सडक वत्ती बाल्ने बताउनु भएको छ, त्यसका लागि टोलविकास समितिले तिहारमा देउसी भैलो खेलेर, टोलका प्रत्येक घरबाट ५ सयका दरले रकम जम्मा गरेको बताउनुभएको थियोे । लामखुट्टेको टोकाइबाट लाग्ने डेङु रोगलाई नियन्त्रण गर्नका लागि बिलिचिङ पाउडर पनि व्यवस्था गरेको बताउँदै टोल समितिले गर्दै आएका विकासका कामको बारेमा बताउनु भएको थियो । कार्यक्रममा विधुत प्राधिकरणका प्रमुख खगेन्द्र विक, नेकपा कन्चन अध्यक्ष भरतमणी सापकोटा, वडा न ४ का अध्यक्ष दुर्गा सिंह क्षेत्री लगायतले बोल्नु भएको थियो ।

समितिका उपाध्यक्ष रमेश छन्त्यालको स्वागत तथा सह(सचीव खगेश्वर शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार