कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ४ मा आयोजित चौथो मुहान कप नकआउट फुटवल प्रतियोगितामा आयोजक मुहान युवा क्लवलाई हराउदै सनराइन युवा क्लव मोतिपुर बिजयी भएको छ ।
बिहिबार भएको सेमिफाइनल खेलमा आयोजक मुहान युवा क्लवलाई २÷१ले हराउदै सनराइन युवा क्लव मोतिपुुर बिजयी भएको हो । सनराइजका बिशाल क्षेत्री एक्लैले २ गोल गर्दै टिमलाई जित दिलाउन सफल भए ।
मुहान कपको पहिलो सेमिफाइनल खेलमा सुर्योदय युवा क्लव र बुद्ध स्र्पोट्स युवा क्लव बनकट्टीवबिच भएको खेलमा बनकट्टी २÷१ बिजयी हुदै फाइनलमा प्रवेश गरेको हो । आयोजक मुहान युवा क्लवले खेलकुद क्षेत्रको बिकासका लागी बर्षेनी फुटवल प्रतियोगिताको आयोजना गर्दै आएको छ । फाइनल प्रतियोगिता १८ गते हुने आयोजकले जनाएको छ ।











