विजय दशमी २०७६ को अवसरमा “युवा एकता आजको आवश्यकता” भन्ने मुल नाराको साथ असोज १५ देखि वाणगंगा नगरपालिका ९ पडरियामा सुरु भएको टोल स्तरिय नकआटउ फुटबल प्रतियोगिताको दोस्रो दिन २ खेल सम्पन्न भएको छन् । 
पहिलो खेलमा गोल्डेन स्टार युवा क्लब भर्लावासले जिनुवा स्पोर्टस एण्ड लिङ्कन सोसाइटीलाई २–०ले पछि पादैँ बिजय भएको हो भने दोस्रो खेलमा चन्द्र सुर्य युवा क्लव बर्दाहवाले सिदार्थ गौतिम युवा क्लव बि चौवहालाई २ – ० ले पछि पादैँ विजय यात्रा सुरुवात गरेका हुन् ।
प्रतियोगिताको तेस्रो दिन तिन खेल हुने भएका छन् । पहिलो खेले सिदार्थ गौतिम युवा क्लव ए चौवहा र प्रयास सामाजिक युवा क्लव भर्तापुर बिच बिहान ११ बजे देखि हुने भएको छ भने दोस्रो खेल दिउँसो १ बजे आयोजक युनाइटेड युथ क्लब पडरिया ए र साहारा युवा क्लब भलवाड बिच हुने छ भने तेस्रो खेल दिउँसो ३ बजे लालिगुरास युवा क्लब जिनुवा र गौतम बुद्ध युवा क्लब सि चौवा बिच हुने क्लवका सदस्य आश्विन कार्कीले जानकारी दिनु भएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार सरेपानि सामुदायिक बन पडरिया र दोस्रो पुरस्कार जनचेतना कृषिक महिला समुह (ख) ले सौजन्य गरेको छ ।








