बाणगंगा नगरपालिकाले चाड पर्व लाई लक्षितगरि अनुगमन लाई तिव्रता दिएको छ । नगरपालिकाको वडा न ४ चार नम्बर बजार क्षेत्रमा विहीवार अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा व्यवसाय दर्ता भए नभएको विक्री गर्न राखियेको समानको मिति सकिएको नसकिएको गुणस्तर प्रमाण ,नापतौल, मुल्य शुचि चेक जाँच गर्नुका साथै फोहोर व्यवस्थापन लाई ध्यानाकर्षण गरिएको थियोे । नगरपालिकाले सम्पुर्ण व्यवसायी लाई संयमित बनाएको छ ।
अनुगमन कार्यक्रममा नगरपालिकाका उप मेयर चक्रपाणी अर्याल ,उद्योग वाणिज्य संघका अध्यक्ष उमनाथ पौडेल , नगरपालिकाका कर्मचारी ,पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसाल ,अन्य पत्रकारहरु ,सुरक्षाकर्मी लागायतको उपस्थितिमा अनुगमन गरिएको थियो । समग्रमा अनुगमन उत्कृष्ट भएको नगरपालिकाले जनाएको छ ।